banner
banner

चीनले फेरि सोध्यो

काठमाडौं । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलमार्फत चीनले तातोपानी नाका खोल्न भूकम्पीय जोखिम र प्राकृतिक बनोटको अध्ययन भइरहेको र यो नाका खोल्दा नेपालले थप सुरक्षाको प्रवन्ध गर्न सक्छ कि सक्देन भनेर सोधेको छ । उत्तरी क्षेत्रका सांसद, जनताको मागलाई विचार गरेर चीनले भूकम्पपछि बन्द भएको तातोपानी नाका खोल्न चाहेको तर यो नाका चीनको सुरक्षाका लागि जोखिमपूर्ण भएको अनुभव गरिरहेको छ । यही नाकाबाट तिब्बती शरणार्थी नेपाल पस्ने भएकाले तिनलाई रोक्न र पक्राउ परे चीनलाई बुझाउनु पर्ने सर्त अघि सारेको छ ।
त्यसैगरी फ्री तिब्बतको अभियान र दलाई लामाको षडयन्त्रलाई रोक्न नेपालले नेपाली भूमि पूर्णरुपमा दुरुपयोग हुन नदिने थप प्रतिवद्धता पनि चीनले मागेको छ ।
सवाल जुरे पहिरो, भोटेकोशीको बाढी, लार्चाको पुल चीनका लाग ठूलो कुरा होइन भन्दै विज्ञहरु भन्छन्– नेपालले संयुक्त सुरक्षा प्रणालीमा सहमति जनाए चीनले आफैले बनाएर कोदारी राजमार्ग र तातोपानी नाका खोलिदिने पेशकस गर्न गरिरहेको छ । सरकार तातेको छैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper