banner
banner

पहेलो घरमा बस्न दौडादौड

काठमाडौं । अख्तियार प्रमुख दीप बस्नेत कामै नगरी बिबादमुक्त भएर अवकाश हुँदैछन् । यसकारण अख्तियार प्रमुख हुन चाहनेहरु शक्तिकेन्द्रहरुमा बोलकबोलसहित दगुर्ने प्रतिस्पर्धा देखिन थालेको छ । अख्तियार प्रमुख हुनु भनेको दुधमलाईमा पौडीखेल्न पाइने जुन मजा छ, त्यो मजाले धेरैलाई आकर्षित पारिरहेको देखिदैछ ।
प्रधानम्न्त्री देउवा र उनका मन्त्रीहरु राष्ट्रियसभाको चुनावअघि नै नाका नाकामा आफूले नियुक्ती गरेर सत्ता छोड्नका लागि नैतिकताका आधारमा राजीनामा समेत नगरी सत्ता चलाइरहेका छन् । यसकारण संस्थानदेखि आयोगहरुमा समेत नियुक्तीका कामहरु भइरहेका छन् ।
कृषि मन्त्री रामकृष्ण यादवलाई दुग्धविकास संस्थानको महाप्रवन्धकका लागि पूर्व एक सहसचिवले एक खोका बुझाएर निर्णय कुरिरहेको खबर छ भने अरु मन्त्रीहरु पनि धमाधम नियुक्तीका फाइल तैयार गर्न लगाइरहेका देखिन्छन् । जाने बेलामा काम होइन सबै मन्त्रीहरुलाई आम्दानीको चासो बढेको देखिन्छ ।
मुख्यत अख्तियार प्रमुख बन्न लालायित हुनेहरुमा नविन घिमिरे, माधव पौडेल, वालानन्द पौडेलहरु लागेका देखिन्छन् । दीप बस्नेतको डेढ महिना कार्यकाल बाँकी रहेकाले कांग्रेसले यो नियुक्ती गर्न भ्याउने सम्भाबना कम छ । तैपनि आ आफ्ना जोडजुलुम लगाउनेहरु दर्जनौं छन् ।
अहिलेदेखि नै आआफ्ना ज्याकहरुमार्फत प्रचण्ड र केपी ओलीसम्म आफ्नो नाम पुर्‍याउने हरुको सरगर्मी ह्वात्तै बढेको देख्दा पहेँलो सुनजस्तो दरवार अख्तियारमा कुन राणाको प्रवेश होला ? प्रतिक्षा गरौं

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper