banner
banner

सेतो आन्दोलन

काठमाडौं । सेतो पोसाक लगाउने नर्सहरुले आन्दोलन सुरु गरेका छन् । यो सेता आन्दोलन माग पूरा नभए रातोपनि हुनसक्ने आक्रोस केही नर्सहरुले व्यक्ति गरेको पनि सुनियो । नर्स अर्थात सेतो आन्दोलनकारीको माग छ– मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनासर्त अविलम्ब पुनर्बहाली गरियोस् ।
अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनर्स्थापना गरियोस् ।
 जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको नर्स बिरामीको अनुपात सबै अस्पतालमा यथाशीघ्र लागू गरियोस् ।
 नेपाल सरकारका नर्सहरुलाई उपलब्ध गराइरहेको न्यूनतम तलबभत्ता सरह विभिन्न निजी स्वास्थ्य  संस्थामा कार्यरत नर्सलाई पनि तहगत
 हिसाबबाट उपलब्ध गराइयोस् ।
 भोलेन्टियरका नाममा भएको नर्सको श्रमशोषण बन्द गरियोस् ।
सार्वजनिक, निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवर्धन गरी स्कुल तथा उद्योगहरुमा गुणस्तरीय नर्सिङ सेवा पुर्यामउने व्यवस्था गरियोस् ।
 सरकारी तथा निजी क्षेत्रमा कार्यरत नर्सहरुलाई लुगा भत्ता, रात्रिकालीन भत्ता, बिदा सुविधा र जोखिम भत्ता गरी सोही अनुरुप निजी स्वास्थ्य संस्थामा पनि सोही अनुपातमा लागू गरियोस् ।
 दुर्गममा काम गर्ने नर्सहरुलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति गरियोस् । योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्ति विकासका लागि प्रस्ट खाका तयार गरियोस् ।
 योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई ब्याचलर नर्सिङ, ब्याचलर नर्सिङलाई मास्टर नर्सिङ र मास्टर  नर्सिङलाई पिएचडीसम्म तलबी अध्ययन बिदाको व्यवस्था गरियोस् ।
 श्रम ऐन, २०७४ सबै स्वास्थ्य क्षेत्रमा यथाशिघ्र लागू गरियोस् । नर्सहरुले वार्ता र माग पूरा नभए ४, ५ र ६ गते सबै अस्पताल र शैक्षिक संस्थामा ८ देखि ४ बजेको सिफ्टमै ड्युटी नजाने र माघ ७ गते २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper