banner
banner

यही हो सुशासन ?

काठमाडौं । अव सुशासन र समुन्नतिको दिन आयो भन्ने केपी ओलीको पार्टीका नवराज सिलवाल एकाएक मलेसिया दमपच भएका छन् । किन ? यता प्रहरीले पुर्जी काट्ने, उता ओलीका सिलवाल भाग्ने ?
नवराज सिलवालले हेडक्वार्टर, गृह र लोसे आयोगमा गोप्य रहेका डकुमेन्ट कसरी प्राप्त गरे र अदालमा पेश गरे ? सरकार र नवराजले पेश गरेको डकुमेन्टमा फरक पार्ने कीर्ते को हो ? नवराजले कसरी प्राप्त
 गरे, कसले उपलव्ध गरायो र यसमा दोषीमाथि कारवाही हुने कि नहुने ? यी यस्ता प्रश्न हुन्, जसको जवाफ हुनेवाला प्रधानमन्त्री केपी ओलीले खोज्नै पर्छ । अन्यथा आफ्ना मान्छे बनाउन जसरी उनले स्वतन्त्र रुपमा डनलाई टिकट दिएर चुनाव जिताए र आफ्नो पार्टीमा मिलाएका छन्, भोलिका दिनमा यस्ता कीर्तेहरुको जञ्जालमा ओलीको उठबस हुनेछ र सुशासन र समुन्नति माफियाकरण भएर जानेछ । सरकारको विश्वसनीयतामा समेत ह्रास आउने खतरा छ । कारण सरकारी डकुमेन्ट नै सुरक्षित रहेनन् र विश्वसनीय भएनन्, जसले पनि चोर्न सक्ने भयो भने त्यस्तो शासन कसरी सुशासन भन्न मिल्ला र ? केपी ओलीका सामु पहिले आफ्नै आङ्मा भैंसी हेर्ने र केलाउनु पर्ने बाध्यात्मक परिस्थितिको विकास भइसकको छ । अनिमात्र उनले अरुको जुम्रा केलाउँदा हेर्दा बेश । कसो ओलीजी ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper