banner
banner

राजावादी हौसिए

काठमाडौं । पूर्वराजाको धार्मिक भ्रमणमा मध्य र सुदूरपश्चिम राजतन्त्रमय भयो । आमनागरिकको लावालस्कर नै निस्कियो । पूर्वराजाले कात्तिक ४ गते देशको नेतृत्व लिन तैयार छु भनेपछि प्रभावकारी जनसमर्थन देखिएको थिएन । तर जब पूर्वराजा बाँके उत्रिए, जनताको हौसला ज्वारभाटाजसरी उठेको देखियो ।
यसको अर्थ हिन्दुवाद र राजावादका लागि नेतृत्वको कमी छ । पूर्वराजा स्वयम् हिन्दु र राजतन्त्रवाद बोकेर निस्कने हो भने जनताले साथ दिन्छन् । यद्यपि विकल्प नपाएर सम्पन्न निर्वाचनमा राजा र हिन्दुवादीले पार्टीहरुलाई भोट दिएकै हुन् । वाममोर्चाको जितमा पनि यो शक्तिको योगदान छ ।
जनताको नसनाडी छामेका पूर्वराजाले राजनीतिक मैदानमा उत्रिने हिम्मत गर्लान् त, कि जनताकै भरमा फर्केपछि निर्मल निवासको गुप्तवासमा बस्ने हुन् ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper