banner
banner

चलखेल फेलभो

काठमाडौं । गतहप्ता एकाएक नर्थ डेस्क हेर्ने र नेपाल र भुटान मामिलाका विशेषज्ञ भनिएका भारती अधिकारी सधाकरण दलेला नेपाल आए र उनले ओली र प्रचण्डालाई पनि भेटेका हुन् । अरुलाई पनि भेटे तर उनको कानेखुशीले कुनै काम नगरेको देखेर भारत चकित छ ।
चुनाव भर्खर सम्पन्न भएको, नयाँ सरकार बन्ने अभ्यास चलिरहेको र संघीयतामा प्रवेश गर्नै लागेको अवस्थामा यी दलेला नेपाल आएका हुन् । यता भारतीय राजदूत मञ्जिवसिंह पुरीको रातदिनको राजनीतिक दौडधूप र उनलाई सघाउन उनीभन्दा सिनियर अफिसर नेपाल आउनुले अनेक अर्थ लाग्नु स्वभाविक हो, तैपनि नेपालको स्थिति र नेपाली
 नेताहरुको अलग खालको निर्णयले भारत यतिबेला चकित परेको हो ।
हुन त २०७२ साल असोज २ गते जारी हुन लागेको संविधान ३ दिनका लागि रोकिदिन भारतले आग्रह गरेकै हो । विदेश सचिव नेपालअ ाएर दिनुसम्मको दबाब दिएका पनि हुन् । तर फास्ट ट्य्राकबाट घोषणा गर्ने भनिएको संविधान रोकिएन, जारी भयो । त्यसबाट रिसाएको भारतले नेपालमाथि नाकावन्दीसम्म लगायो । नाकावन्दीको बिरोध नगर्ने र समर्थक बनेका कांग्रेस अहिलेको निर्वाचनमा पत्तासाफ हुनपुगे । यसैको पुरस्कार केपी ओलीले पाएका छन् र उनको सत्तारोहणको साइत जुराउने प्रयत्न भइरहेको छ ।
अहिले पनि भारतले कांग्रेस, मधेसवादी र माओवादीको बहुमतको सरकार बनाउने अभ्यास गरिरहेको छ । यसमा प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्री खाउ, कुनै समस्या छैन, केही चाहिन्न, समर्थन दिन्छौं भन्ने प्रस्ताव गइरहेको छ । यसबारेमा स्वयम् प्रचण्डले मलाई फकाइरहेका छन् तर म मोर्चा परित्याग गर्दिन भन्ने अवस्थासमेत आयो ।
र, प्रचण्ड र ओलीवीच मोर्चालाई एकीकरण गर्ने सहमतिमा समेत पुर्‍याएको छ । कुरा मिल्दै गएको छ ।
यही सब देखेर दिल्ली जिल्लारम परेको हो । नेपाली राजनीतिमा भारतीय चलखेल फेल भएको हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper