banner
banner

विप्लव : कृष्ण पहाडी

basudev wagle- नेत्रविक्रम चन्द विप्लवलाई आततायी भनेपछि विप्लवले पहाडीको सिरानमै बम विस्फोट गरिदिने दिन पनि आउने धमास दिएका छन् । यसपछि आत्तिएका कृष्ण पहाडीले विप्लवलाई हिंसा परित्याग गरी शान्ति मार्गमा आउन आग्रह गरेका छन् । तेपनि यी दुईवीच शव्दवाण हानाहानको स्थिति रोकिएको छैन ।
विप्लव संसदीय व्यवस्था र यो संविधानको बर्खिलाप आवाज उठाएर जनजिविका र शोषणरहित समाजको सिर्जनाका लागि विद्रोहको आवाज उठाइरहेका छन् भने कृष्ण पहाडी आफूलाई अधिकारकर्मीको स्तरमा राखेर बोलिरहेका छन् । उनी आफै कति अधिकारकर्मी हुन्, त्यो भने खुलस्त हुँदै आएको छ, उनले बोल्नैपर्ने कतिपय अधिकार हननका विषयमा चुप्पी साध्नुले पनि उनको मानवाधिकारवाद प्रश्नचिन्हमा रहेको स्थिति छ । यद्यपि उनी अन्टसन्ट बोलिरहन्छन् ।
विप्लवले आफ्नो धार बोकेर राजनीतिमा धमाका गरिरहेका छन् । निर्वाचन भाँड्न ठाउँ ठाउँमा विस्फोट गराएको आरोप लाग्यो । तर मान्छेको मृत्युचाहिं भएन र जनताले उनको विस्फोटको वास्तै नगरी हौसिएर मतदान गरे, जसको परिणाम आइसकेको छ । जनादेश प्राप्त दल संवैधानिक गाँठो फुकेपछि सत्तारोहणतिर लाग्नेछ । वाममोर्चाले स्थिरता र विकास, समुन्नति र समानता दिने कबुल गरेको छ । अव राष्ट्रिय सभाको चुनाव माघ २४ गते सम्पन्न हुनासाथ नेपालको स्थिरताका दिनहरु सुरु हुने जनताको अपेक्षा छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper