banner
banner

पार्टी अध्यक्ष प्रचण्ड

काठमाडौं । केपी ओली र प्रचण्ड, पार्टी एकतापछि कसको हैसियत के हुने भन्ने विषयमा उम्लिरहेको उत्सुकता कम भएको छैन । एमालेवृत्त प्रधानमन्त्री र अध्यक्ष ओली नै हबशुनुपर्छ भनरहेका छन् भने अग्नि सापकोटादेखि कृष्णबहादुर महरासम्म ओली प्रधानमन्त्री बन्ने भएमोर्चा अध्यक्ष प्रचण्ड हुनुपर्छ भन्ने दावी सार्वजनिक रुपमै गर्न थालेका छन् ।
दुबै पार्टीभित्रका प्रभावशाली अन्य नेताहरु ओली प्रधानमन्त्री बन्ने तर एकता पार्टीको अध्यक्षमा होइन दुबैजना सहअध्यक्ष हुनुपर्छ भन्ने धारणा पनि बहसमा ल्याएका छन् । त्यसो भए अध्यक्ष को त ? यसबारेमा कोही स्पष्ट छैनन् । एकता हुनुपर्छ भन्ने कुरा आइरहेछ तर एमालेले अध्यक्ष र प्रधानमन्त्री दुबै नछोड्ने देखेपछि माओवादीहरु सम्मानजनक एकता हुनुपर्छ भन्ने धारणा सार्वजनिक गरिरहेछन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper