banner
banner

झन बढ्यो पूर्वराजाको जयजयकार

नेपालगञ्ज । पूर्वराजा ज्ञानेन्द्र शाहलाई मध्यपश्चिम र सुदूरपश्चिमको टुरमा निस्केका छन् । नेपालगञ्ज पुग्दा मेयरदेखि आमजनसमूहले पूर्वराजाको जयजयकारका साथ स्वागत गरेको देखियो । पूर्वराजाले गत कार्तिक ४ गते देशको जिम्मा लिन तैयार छु भन्दा वक्तव्यमा सिमित जनताले नेपालगञ्जमा गरेको स्वागत देख्दा साँच्चै जनता राजतन्त्र चाहन्छन् भन्ने झल्को दिएको थियो ।
पूर्वराजा ८ बर्षपछि पूर्वराजा दुई हप्ते टुरमा निस्केका हुन् । यतिबेला पूर्वराजाको जयजयकारमात्र होइन, राजा आउ देश बचाउ भन्ने नारा पनि लागेको छ । जबकि राष्ट्रिय सभाको चुनाव सम्पन्न भएपछि देश नयाँ कोर्समा अघि बढ्दैछ, यस्तो बेलामा राजा आउ भन्ने राजासामु लागेका नाराले के अर्थ राख्ला र ?
भ्रमणको सुरुआत नेपालगञ्जमा स्थापित होटल सोल्टीको शाखाको उद्घाटनबाट भएको छ । पूर्वराजा शाहको स्वागतका लागि गठित मध्य र सुदूरपश्चिम स्वागत मूल समारोह समितिका संयोजक दीपकबहादुर सिंहका अनुसार दुई हप्ते बसाइमा विभिन्न धार्मिक शक्तिपिठहरुको दर्शन गर्ने कार्यक्रम छ । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper