banner
banner

पानी र डीडीसीको दूध नै दुषित

वाशुदेव वाग्ले -
काठमाडौं । सरकारी संस्थान दुग्ध विकास संस्थानले बेच्ने दूध नै दुषित भएपछि अरु के बाँकी रह्यो र ? त्यसो त डीडीसी लगायतका ५० कम्पनीहरुविरुद्ध मुद्दा दायर हुनपुगेको छ । सबै दुषित खाद्य बेच्ने आरोपमा फसेका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको नमूना परीक्षणमा डीडीसीको दूध र पिउने पानी सबैभन्दा दुषित भेटिएपछि विभागले मुद्दा दायर गरेको हो ।
विभागले खाद्य तथा पेय पदार्थको ९०३ नमुना संकलन गरेकोमा ११५ नमुनाहरु अखाद्य पाएको जनाएको छ । प्रतिकूलमध्येमा सबैभन्दा बढी प्रशोधित पिउने पानी र डीडीसी लगायतका दूधमा देखिएको थियो ।
समाचारअनुसार सेवन गर्न अयोग्य नमुनाहरु भेटिएपछि विभागले सरकारी संस्थान डिडिसीसहित विभिन्न उत्पादक तथा बिक्रेता कम्पनीविरुद्ध सम्वन्धित जिल्ला प्रशासन कार्यालयमा ५० वटा मुद्दा दायर गरेको हो । नमुना परीक्षणमा दूध र पानी बढी प्रतिकुल देखिए पनि विभागले तेलजन्य पदार्थमा सबैभन्दा बढी १३ मुद्दा दायर गरेको जनाएको छ । तर प्रशासनलाई हातमा लिएर व्यापार गर्दै आएका निजी कम्पनीहरुले आफूलाई वीच बचाउ गर्ने गरेका छन् । नाकावन्दीका बेलामा पनि रंगे हात पक्राउ परेका समेतलाई कारवाही हुनसकेन ।
यसरी अखाद्य बस्तु बेच्नेहरुमा डिडिसी संस्थान बालाजूसहित, मिल्कमाण्डु डेरी भैंसेपाटी, नेपाल डेरी धापाखेल, संजिवनी डेरी उद्योग भक्तपुर, सुजल डेरी थानकोट, श्रीराम घिउ प्याकेजिङ उद्योग रहेका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper