banner
banner

पुननिर्माणमा जापानको सहयोग

पदम हमाल -
भूकमपले धवस्त भएका तर निर्माणमा सहयोगी हात बढाएको जापानको जाइका भन्ने संस्थाले बेलैमा आफूले कबुल गरेको ललितपुरको बडीखेलको प्रदर्शक सेकेण्डरी स्कुलको ३ ब्लक, कक्षाकोठा, प्रयोगशाला, इसीडी पुस्तकालय र अन्य सुविधा सम्पन्न भवन हस्तान्तरण गरिदिएको छ । जबकि भारतले ६० स्कूल बनाइदिने कबुल गरेको थियो, आजसम्म निर्माण सुरु समेत गरेको छैन ।
जाइकाका प्रमुख जुन साकुमा र शिक्षा सचिव मधुप्रसाद रेग्मीले संयुक्त रुपमा उद्घाटन गरेर स्कूलभवन हस्तान्तरण गरिएको हो ।
जाइकाले स्कूल निर्माण गर्न पाएकोमा खुशी व्यक्त गरेको छ ।
अन्धा व्यक्तिलाई ब्रेल प्रिन्टर
जापानी राजदूत मासासी ओगावाले अन्धा विद्यार्थीहरुका लागि ब्रेल प्रिन्टर अन्धा कल्याणकारी संघलाई उपलव्ध गराउने भएका छन् । अध्यक्ष कुमार थापा र जापानी राजदूतले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् र जापानको ग्रासरुट सेक्युरिटी आयोजनामार्फत ८२ हजार २ सय ५७ डलर पर्ने ब्रेल लिपिको प्रिन्टर दिने सहमति भएको हो । यो ब्रेल प्रिन्टरले अन्धा विद्यार्थीहरुका लागि शिक्षा आर्जनमा साह्रै सहज बनाउने विश्वास गरिएको छ ।
ट्रान्समिसन लाइनमा जर्मन
जर्मन सरकारले १५ मिलियन लागतको दमौली लेखनाथ ट्रान्समिसन लाइनका लागि अनुदान दिने भएको छ । यो नेपाललाई जर्मनले दिदै आएको सहयोगको अलग धनराशी हो ।
दमौली लेखनाथ ट्रान्समिसन लाइन ४३ किलोमिटर लामो छ र यसको निर्माणमा जर्मन सहयोग उपलव्ध भएको हो । अघिल्लो वर्ष १६ मिलियन जर्मन सहयोग प्राप्त भएको थियो, यो अतिरिक्त सहयोग प्राप्त भएको हो ।
According to a press release- now, the total commitment of EUR 31 million shall be made available to Government of Nepal to support construction of the Lekhnath-Damauli 220 KV double circuit transmission line. This transmission line is a priority component for strengthening NepalÚs national grid. This will efficiently transfer to the Nepalese households a significant generation of hydro-energy produced from Seti-Madi River basin. Financial arrangement of this cooperation will be made through German Development Bank-KfW. The Project foresees the construction of power transmission facilities to transfer climate-friendly electricity generated by hydro-power plants. Alongside the construction of the transmission line, two different energy-substations in Lekhnath and Damauli will also be set up with this financial cooperation.

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper