banner
banner

राष्ट्रपति र प्रधानमन्त्रीवीच झगडा

काठमाडौं । राष्ट्रपतिले प्रमुख दलहरुवीच सहमति नभए राष्ट्रियसभा गठन सम्बन्धि अध्यादेश स्वीकृत गर्दिन भनेपछि सरकार र राष्ट्रपतिवीच तिक्तता बढेको छ । यही विषयमा आइतवार पत्रकार सम्मेलन गर्दै वाममोर्चाका नेताद्वय केपी ओली र प्रचण्डले चुनाव हारेको र कामचलाउ सरकारले नियुक्त गरेका व्यक्तिसँगसपथ खाँदैनौं भनेपछि विवाद झन चुलिएको छ । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री, प्रचण्ड र केपी ओलीसँग भेट गरिसकेकी छिन् र सहमतिमा पुग्न भनेकी छिन् तर कांग्रेसीहरु संविधानअनुसारको व्यवस्था नमानेर सर्वसत्तावादी हुन खोजेको र राष्ट्रपति वाममोर्चापक्षमा लागेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस एकल संक्रमणीय निर्वाचन प्रणालीबाट राष्ट्रिय सभा गठन हुनुपर्ने अडानमा छ भने एमाले र माओवादी बहुमतीय प्रक्रियाको पक्षमा छन् । अध्यादेशमार्फत देउवाले आफ्नो सत्तामोह पूरा गर्न सत्ता लम्ब्याउन 
खोजेको आक्षेप पनि लगाएको छ । अव अध्यादेशमा लालमोह लाग्छ कि लाग्दैन भन्ने विषय राजनीतिक दुर्घटनातिर अग्रसर भएको देखिदैछ । राष्ट्रपतिले अध्यादेश स्वीकृत नगर्ने, अध्यादेशमार्फत संविधान कार्यान्वयन हुने कांग्रेसी बुझाई र कामचलाउ सरकारले नियुक्त गरेको पदाधिकारीसँग सपथ खान्नौं भन्ने वाममोर्चाको अडानले राजनीति अरु धमिलिदै गएको छ ।
राजनीतिक कोर्स कसरी अघि बढ्छ, प्रधानमन्त्री ओली बन्ने भएपछि वाममोर्चा एकीकरण गर्ने भनिदैछ, अध्यक्ष को हुनेछ भन्ने सवालमा ओली र प्रचण्ड दुबैले गोलमटोल जवाफ दिइरहेका छन् । सम्भवत: ईश्वर पोखरेलले भनेझैं प्रधानमन्त्री र एकीकृत पार्टी अध्यक्ष ओली नै बन्ने भनेझैं यही सवालले एकीकरण भाँडिन सक्ने खतरा छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper