banner
banner

किन आउट भए राजावादी ?

हिन्दु र राजावादी चुनावमा गए तर जनताको विश्वास जित्न सकेनन् । संविधानसभामा यो शक्तिले जुन समर्थन पाएको थियो, त्यो समर्थन नपाएपछि प्रश्न उठेको छ– हिन्दुवादी र राजावादीको भोट कहाँ गयो, कसले लियो ?
संविधानसभा र निर्वाचनपूर्वसम्म पनि सत्ता र सडक दुबैतिर निकै फुर्तिलो देखिएको थियो यो शक्ति । यतिखेर प्रदेश, प्रतिनिधिसभा र समानुपातिकको भोट गन्ती सकिएको छ र यो शक्ति नराम्ररी जनविश्वास लिन नसकेर प्रताडित बनेको छ । यो प्रताडनाले हिन्दुवादी र राजावादीले सही नेतृत्व नपाएको  अथवा पाएको नेतृत्वले  सही प्रतिनिधित्व गर्न नसकेको प्रष्ट हुन्छ । अव यो शक्तिले आफूलाई आफ्ना एजेण्डामा कसरी प्रभावकारी पार्ने भन्ने विषयमा सोच्न जरुरी देखिएको छ । अन्यथा भोलिका दिनमा ॐकार परिवारको ९५ प्रतिशतको शक्ति वाम अथवा कांग्रेसमा विलुप्त हुनेछ ।
यद्यपि कांग्रेसले हिन्दुवाद र राजावादलाई घोषणा नगरेकै कारण कम्युनिष्टबाट हार खानुपरेको हो । कम्युनिष्टले आफ्ना कार्यकर्ताहरुलाई यसरी संगठित पारे कि तिनको संगठनका सामु राजावादी र समाजवादी दुबैले हार खानुपर्‍यो । त्यसकारण वीपीवाद नै कम्युनिष्ट शक्तिको जवाफ दिन सक्ने वाद भएकाले कांग्रेसले राजावादी र हिन्दुवादीलाई समेट्नु जरुरी छ । अन्यथा आज जुन तेश्रो स्थानमा र दयनीय अवस्थामा कांग्रेस पुगेको छ, योभन्दा पनि दयनीय अवस्था आउनसक्छ ।
त्यसकारण प्रजातन्त्रको बिडा उठाउने हो भने कांग्रेसले आफूभित्रको कम्युनिष्ट भय निकालेर वीपीवादमा पार्टीलाई उतार्नैपर्छ । यो राजावादी र हिन्दुवादीले पनिकांग्रेसलाई विश्वास गर्नैपर्छ । यसको विकल्प छ र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper