banner
banner

कामै नगर्ने प्रवुद्ध बर्ग

नेपाल भारत सम्बन्ध सुधार गर्न समस्या के के छन्, के गर्नुपर्छ ? भन्ने विषयमा समस्या पहिचान र निराकरणका उपाय सुझाउन गठन गरिएको इपीजी अर्थात प्रवृद्ध बर्गले भोज खाएर समय बिताएको छ ।
प्रबुद्ध व्यक्ति समूह (ईपीजी) मा नेपाली टोली पुनसंरचना गर्ने कि गठन प्रक्रिया परिवर्तन गर्ने भन्ने अन्योल देखिएको छ । छैटौं बैठक सरेर आफैं अन्योलमा परेको ईपीजी टोलीको नेपालतर्फका सदस्यको हैसियतबारे बहस सुरु भएको छ । सांसदको हैसियतमा ईपीजी सदस्य रहेका राजन भट्टराई काठमाडौं ४ को निर्वाचनमा पराजित भएपछि उनको सदस्यताको निरन्तरता रहने भन्ने अन्योलबारे परराष्ट्र अधिकारीले छलफल अघि बढाएका हुन् । उनको सदस्यता जेसुकै होस्, इपीजीले अहिलेसम्म गर्‍यो के ? जनतालाई जानकारी खोई ?
दुबै देशका ४–४ जना सदस्य रहेको यो प्रवुद्ध समूहको गठन २०७१ साल साउनको सहमतिपछि गठन भयो र अहिलेसम्म ६ बैठक भए । गत कात्तिक २५ को बैठक स्थगित भएपछि नयाँ मिति किटान भएको छैन । मिति होइन, समस्याको किटान र समाधानको किटान सम्बन्धको आवश्यकता हो ।
मूल कुरो १९५० को सन्धि खारेजी र समयानुकूल सन्धिको हो । त्यसमा के भइरहेको छ, भारतले हल्लाईरहेको छ र नेपालका प्रवुद्ध घडीको रालो हल्लिएझैं हल्लिरहेका छन् । योभन्दा दुर्भाग्यपूर्ण अवस्था के हुनेछ ?
जनतालाई देखाउनसक्ने कुनै कम हुनसकेन । आउने असारमा यो प्रवुद्ध समूहको म्याद सकिने छ । म्याद सकिनु भनेको म्याद थपेर फेरि यिनले खान पाउनु हो । भारत म्याद थप गर्दै जाने र नेपालले हुन्छ भनेर भन्ने मात्रमा यो प्रवुद्ध समूहको काम हो भने यस्ता प्रवुद्ध समूह चाहियो किन ?
डा.भेष बहादुर थापा नेपालका होनहार सदस्य मानिएका हुन् । उनलाई पनि राजदूत खाने चस्का पसेछ क्यार, टोलमटोल जवाफ दिन्छन् । बैठक र छलफल भइरहेको बताउँछन् । छलफलमा नेपालले के प्रस्ताव राख्यो, भारतको रवैया के रह्यो, अव के हुनेछ भन्ने विषयमा नेपाली पक्षले कुनै जवाफ नै दिएको छैन । मानौं गोप्य काम भइरहेको छ, गोप्य कामबारे सुसूचित गरिएको छैन ।
नेपालका संयोजक नै कहिले नेपाल, कहिले अमेरिका गरिरहेका छन् । उनले खेल्नुपर्ने मुख्य भूमिकामा कमी रहेको छ । उनी भारत नरिसाओस्, नेपालमा पनि राजनीतिक दलहरु नरिसाउन् भनेर फुकी फुकी कदम चालिरहेका छन् । नेपालको आवश्यकता के हो, नेपालले चाहेको कस्तो सन्धि र सम्बन्ध हो, भन्ने विषयमा नेपाली समाजका अगुवाहरुसँग छलफल गरेर संयोजकले संयोजन गर्नुपर्ने काम पनि गरेनन् । मै जान्ने भनेर उनी गजक्क फुलिरहेका छन् । उनको फुलाईलाई भारतले धोती लगाउँदै गएको अनुभूति हुनथालेको छ ।
जनताले तिरेको करबाट सञ्चालित छ यो प्रवुद्ध समूह । यसकारण अहिलेसम्म प्रगतिविवरण जनताले थाहा पाउनुपर्छ । भनिन्छ, सन् १९५० को शान्ति तथा मैत्री सन्धिका विषयमा भएका राय र चासोमा पनि काम भइरहेको, सीमाको विषय, डुबानको विषय, व्यापार सम्झौतालगायतमा भारतले छलफल नै गर्न चाहेको छैन । नेपालका अध्य सदस्यहरु सूर्यनाथ उपाध्याय, नीलाम्बर आचार्य समेत भारतका भगतसिंह कोसियारी (सांसद) प्राध्यापक महेन्द्र पी लामा, प्रा. बीसी उप्रेती र जयन्त प्रसादका सामु फिक्का पर्दै गएका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper