banner
banner

काइनाइट र युरेनियम खन्दै झिक्दै

काठमाडौं । कालिकोटका विभिन्न क्षेत्रमा काइनाइट र उपल्लो मुस्ताङतिर युरेनियम र रेयर अर्थ इलिमेन्टजस्ता दुर्लभ खनिज सुरुङ खन्दै झिकिदैछ, रातारात भारततिर निकासी हुँदैछ ।
यी यस्ता खनिज हुन्, जसले कम्प्युटर, मोवाइल, टीभी, क्यामेरा, कार, हवाईजहाजलगायतका विद्युतीय उपकरणदेखि आणविक अस्त्र निर्माणमा समेत अत्यावश्यक हुन्छन् । र, नेपालको पहाडभित्र कति स्तरीय युरेनियम छ भनेर पनि सुक्ष्म अध्ययन हुँदैछ । यी कार्यमा सतहमा नेपाली ठेकेदार देखिए पनि भित्री रुपमा भारतीय लगानी भइरहेको छ र भारतीय नजरले जाँदैछ ।
त्यसै पनि मकवानपुरदेखि उपल्लो मुस्ताङसम्म युरेनियमको खानी रहेको खनिजविज्ञहरुले बताइसकेका छन् । तथापि खानीविभागले कुनै इजाजत नै नदिए पनि स्थानीय नेताहरु, सुरक्षाकर्मी र प्रशासनका व्यक्तिहरुलाई आर्थिक लोभमा फसाएर पहाडको गर्भगृहबाट बहुमूल्य धातुहरुको उत्खनन भइरहेका छन् र यसबारेमा खानी विभागले मुख खोलेको छैन । सम्पर्क गर्दा अधिकारी भन्छन्– उत्खनन भइरहेको सुनेका छौं, तर विभागले कसैलाई कुनै प्रकारको इजाजत दिएको छैन ।
खानी तथा भूगर्भ विभागका एक अधिकारीका अनुसार रेयर अर्थ इलिमेन्टका सम्बन्धमा कोरियाली अध्ययन रिपोर्टअनुसार विभागले केही क्षेत्रमा अध्ययन थालिएको छ । नेपालमा दुर्लभ खनिज डडेलधुरादेखि नुवाकोटसम्म छ भन्ने आधारमा अध्ययन थालिएको हो, कति मात्रामा छ, पछि थाहा होला ।
कोरियालीमात्र होइन, भारत र चीनले पनि नेपालमा दुर्लभ खनिजबारे बढी चासो दिइरहेका छन् । चीनले लामो समयदेखि खनिज अनुसन्धानका लागि अनुमति पनि मागेको हो । यता चीनको अनुमति मागलाई थन्क्याएर भारतीय कम्पनीहरु नेपालीलाई सतहमा खडा गरेर उत्खनन गरिरहेका छन् ।
स्रोतका अनुसार होल्मियम, प्रासिओडाइमियम, सेरियम, लुटेटियम, ल्यान्थानम, प्रोमेथियलगायतका १५ देखि १७ धातु दुर्लभ समूहमा पर्छन् र ती धातुहरु नेपालमा पर्याप्त रहेका छन् । हावाबाट विद्युत उत्पादनमा समेत नभैनहुने यी धातुहरु सम्बन्धमा निर्वाचित नेता र अव बन्ने सरकारले विशेष ध्यान दिन जरुरी छ । केपी ओली हावाबाट विजुली निकाल्छौं भनिरहेका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper