banner
banner

छोरी भए गर्भ तुहाउनु पर्दैन अव

काठमाडौं । छोरी जन्मनासाथ वैंकमा रकम जम्मा गर्ने र वीमा गरिदिने हो भने छोरीप्रतिको नकारात्मक धारणा समाप्त हुनसक्छ । गर्भदेखि नै महिलाहिंसाको स्थिति हट्न सक्छ । यसको सुरुआत रुपन्देहीको गाउँपालिकाबाट भएको छ । सरकारले यसबाट सिकोस् ।
बालविवाह गर्नुपर्नेछैन, महिलामाथिको लैंगिक हिंसामा पनि कमी आउनेछ, छोरी भार होइन, भाग्य बन्न सक्नेछिन् । रुपन्देहीको ओमसतिया गाउँपालिकाले पहिलो निर्णय नै छोरी जन्मिनासाथ छोरीको नाममा २० हजार जम्मा गरिदिने र वीमा पनि साथसाथै गर्ने योजना लागू गरेको छ ।
गाउँपालिकाले सुरु गरेको यो योजना देशैभरि अभियानका रुपमा चलाउन सके, सरकारले यो रकममा थप गरिदिने हो भने छोरीको भाग्य र भविष्य स्वत: सुन्दर हुनसक्छ । छोरीप्रतिको मान सम्मान बढ्नेछ र छोरी बालिग हुँदा परिवार, समाज, राष्ट्रले कुनै समस्या भोग्नुपर्ने छैन । जसरी सामाजिक सुरक्षा भत्ता छ, छोरी भत्ताको व्यवस्थाबारे नवनिर्वाचितहरुले किन नसोच्ने ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper