banner
banner

यिनलाई सलाम ठोक्ने कि पक्रने ?

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा बैठकको दृश्य कस्तो हुनेछ भने सत्तापक्षमा पूर्व प्रहरी नवराज सिलवाल र डन दीपक मनांगे, प्रतिपक्षमा मोष्ट वान्टेड सूचीमा रहेका रेशम चौधरी, लोकतन्त्रको रमाइलो अव पो देखिन्छ त ।
एक बुद्धिजीवीले प्रश्न गरेका छन्– कानुनको नजरमा हत्यारा, फरार सूचीमा रहेका रेशम चौधरी र डन दीपक मनांगेलाई संसद परिसर छिर्दा प्रहरीले शंकाको नजरले हेर्ला, पक्राउ गर्ला कि स्यालुट ठोक्ला ? आखिर जनता भनेका जनार्दन त्यसै भनेको होइन रहेछ ।
जनादेशले के गर्न सक्दैन ? जनमत, जनबल भएपछि जेल जानुपर्ने व्यक्ति सर्वोच्च संस्था संसद पुग्छ र विधिनिर्माता बन्छ । यिनले बनाउने बिधि तिनै जनादेश दिने जनताले पालना गर्ने न हुन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper