banner
banner

सिलवाललाई सलाम गर्ने दिन

काठमाडौं । म झूठ बोल्दिन, जति दिन बाँच्छु देशको सेवा गर्छु । चुनाव जित्दै गर्दा यसै भनेका छन् एमाले अध्यक्ष केपी ओलीले । यसो हो भने आइजीपी बन्न नसकेका नवराज सिलवाललाई एमाले प्रवेश गराउँदै गर्दा ओलीले म गृहमन्त्री बनाउँछु भनेका थिए, चुनावमा खडा गराए र एमाले लहरका कारण सिलवालले चुनाव पनि जिते ।
केही दिनमा केपी ओली प्रधानमन्त्री बन्दैछन्, उनले नवराजलाई गृहमन्त्री बनाउलान् त ? यस्तो चर्चा सुरु भएको छ र खासगरी नेपाल प्रहरीभित्र नवराज विरुद्ध षडयन्त्र गर्नेहरु चकित परेका छन् । यही सम्झेर आइजीपी अर्याल जेवी चन्दले चुनाव जितेकोमा जय नेपाल साव भन्दै बधाई समेत दिइसकेका छन् । अव नवराज गृहमन्त्री नै बने भने यिनले यसैगरी सलाम साव भनेर बुठ बजार्दै स्यालुट ठोक्नुपर्नेछ ।
यद्यपि गृहमन्त्री माओवादीले पनि मागेको छ । एमालेभित्र गृहमन्त्रीका दावेदार धेरै छन् । नवराजले चुनाव जितेपछि खैलाबैला च मच्चिएको छ, तर ओली बोलीका पक्का भएकाले ओलीका सामु कसैले मुखै फोरेर भन्नचाहिं गाह्रै छ । काविल प्रहरीमा गनिएका नवराजमाथि अन्याय भएको आमधारणा र ओलीले गृहमन्त्री बनाउने घोषणाका कारणले पनि नवराजले चुनावमा धुरन्धर कांग्रेसी उदयशमशेरलाई हराएका हुन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper