banner
banner

राष्ट्रपति, उपराष्ट्रपति को बन्लान् ?

रोशन कार्की -
एमालेको शासन सुरु हुने कुरामा कुनै बिबाद रहेन । बिबाद सरकार गठनमा माओवादीसँगको भागबण्डामा हुनेछ, आगामी राष्ट्रपति र उपराष्ट्रपति को बन्ने भन्ने विषयमा हुनेछ । बर्दियाबाट चुनाव हारेका बामदेव गौतमलाई राष्ट्रपति बनाउने कुरा एमालेभित्र उठेको छ र वामदेवले प्रचण्डलाई यो कुरा राखिसकेको बताइन्छ । यता कार्यकारी प्रधानमन्त्री ओली बनेपछि प्रचण्ड राष्ट्रपति बन्ने बहस पनि छेडिएको छ । सत्ताको भागबण्डाले यी सबै व्यवस्थापनका विषयहरुले निदान पाउलान् । यदि विवाद बढ्यो र माओवादी एमाले दूरी बढ्यो भने पार्टी एकीकरणको मुद्दा यहीँ थन्किन सक्छ र चुनाव जित्ने योजना सफल बनाएर दुबै पार्टी आआफ्ना मार्गतिर लाग्न सक्छन् । दुबै पार्टीका लागि मुनाफाकै व्यापार हुनेछ । अहिलेसम्मको नेपालको राजनीति नेता र पार्टीहरुले पसल चलाएझैं चलाएकाले पनि जनतामा तीतो अनुभव रहेको छ ।
एमालेले स्थिर सरकार दिने कुरामा शंका छैन । अध्यक्ष ओलीले जति दिन बाँच्छु देशको सेवा गर्छु भनेका छन् । ओलीको यो कुराले धेरैको मन छोएको छ र लोकतन्त्रप्रतिको उनको प्रतिवद्धतामा कुनै भिन्नता आएको छैन । ओलीले अधिनायकबाद आउँछ भन्नु गलत हो भनेर प्रजातन्त्रवादीहरुलाई ढाढस दिएका छन् । अन्तर्राष्ट्रिय जगतले पनि नेपालमा कम्युनिजम आउने कुरालाई चीलका आँखाले हेरिरहेको छ । यसकारण पनि लोकतन्त्र दायाँवायाँ हुने सवाल उठे पनि अन्जाम त्यस्तो हुनेछैन । खाली प्रजातन्त्रको बिडा उठाएको कांग्रेसले भन्ने उखान गलत सावित गर्ने अवसर एमालेलाई मिलेको छ । एमालेले प्रजातन्त्रको सुरक्षा, शान्ति र प्रगतिको ढोका इमानका साथ खोल्ने प्रयास गर्‍यो भने आगामी चुनावमा पनि एमालेकै नेतृत्वमा स्थिर सरकार बन्नसक्छ । सत्य यही हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper