banner
banner

परिवार नियोजन कि गर्भपतन ?

२० वर्ष मुनीका र प्लस टु पढ्ने केटीहरुमा गर्भपतन गराउनेको संख्या दिनदिनै बढेर गएको छ । गर्भपतन परिवार नियोजनको विकल्पको रुपमा स्थापित हुँदै गएकोमा स्वास्थ्यविज्ञहरुले चिन्ता प्रकट गर्न थालेका छन् ।
जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षणले युवतीहरु गर्भपतन गराउन जाने संख्या हरके वर्ष बढेर गएको बताएको छ भने जनस्वास्थ्यका डा. महेन्द्रप्रसाद श्रेष्ठका अनुसार पनि युवतीहरु अस्पतालहरुमा गर्भपतन गराउन जाने गरेका छन् र यो संख्या गतवर्षभन्दा यसवर्ष झन बढेको छ । उनका अनुसार यौन सम्पर्क मनोरञ्जन हुनथाल्यो र साथीले परिवार नियोजनको साधन प्रयोग गर्न नमान्दा गर्भरहेको युवतीहरु बताउने गर्छन् ।
गतवर्ष १३ हजार ५७ ले गर्भपतन गराएका थिए भने यसवर्ष यो संख्या झन बढेर गएको छ । कानुनत: १२ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ । यस अवधिका गर्भवती युवतीहरु अस्पताल जान्छन् भने यो अवधि नाघेकाहरु मेरी स्टोप्स, अन्य स्वास्थ्यसंस्था, क्लिनिकमा गएर अवैध रुपम गर्भपतन गराउँछन् । अवैध रुपमा गर्भपतन गराउने संख्या हेर्ने हो भने त्यो आश्चर्यलाग्दो छ ।
यद्यपि गर्भपतन त छोरी नचाहनेहरुले पनि गर्छन् । गर्भ जाँच गर्न बन्देज लगाए पनि देशैभरि अनधिकृत रुपमा गुपचुप गर्भ जाँचिन्छ र छोरी भए फाल्ने चलन विकसित भएर गएको छ । जुन आपत्तिजनक मात्र होइन, अपराध पनि हो । यस्तो अपराध झन झन बढेर गएको डाक्टरहरु नै खुलेआम बताउँछन् ।
खुला समाजमा यौन व्यवसाय जति जति फस्टाउँदै गएको छ, गर्भपतनका श्रृंखलाहरु पनि बढेर जाँदो छ । खासगरी आधुनिक फेसन र बेरोजगारीको समस्या तथा यौन सम्पर्कलाई मनोरञ्जनको रुपमा विकास हुन दिएका कारणले पनि गर्भपतन समस्या जटिल बन्दै गएको बताइन्छ । यसलाई रोकिएन भने समाजमा बिकृति र बिसंगति झन झन बढेर जाने विज्ञहरु बताउँछन् तर सरकारले यसतिर ध्यानै दिदैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper