banner
banner

पत्रकारलाई पेन्सन र छात्रबृत्ति

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरुलाई निबृत्तिभरण र छात्रबृत्तिको व्यवस्था गर्नेतिर महासंघ सक्रिय रहेको जनाउ दिएका छन् । नेपालका सन्दर्भमा ठूला मिडियाहरु पुँजीपतिका हातमा पुगेको र श्रमजीवी तथा साना मिडियाहरु समस्यामा पर्दै गएकोप्रति चिन्ता प्रकट गरेका छन् । जुम्ला पुगेर अध्यक्ष गोविन्द आचार्यले जे बोले, त्यसको अधिकांश पत्रकारहरुले समर्थन र प्रशंसा गरेका छन् ।
मिडिया व्यवस्थापन तथा पत्रकार आचारसंहिता तालिम र सूचना विभागको प्रेस पास वितरण बारे बोल्दै अध्यक्ष गोविन्द आचार्यले साना लगानीका मिडियाकोसंरक्षण गर्ने विषयमा सरकारले कुनै नीति नल्याएको बताए । ठूला मिडियाहरुमा शुल्क लिएर समाचार छाप्ने संस्कृतिको विकास हुनथालेकोमा अध्यक्षले चिन्ता प्रकट गरेको पनि सुनियो । उनका अनुसार रेडियो, टेलिभिजन, अनलाइन र छापा पत्रिका एउटै मालिकले चलाइरहेको अवस्था नियमन अघि बढेको र अब एक व्यक्तिले १८ वर्षसम्म मात्र मिडिया सञ्चालन गर्न पाउने गरी आम सञ्चार नीति २०७३ ल्याइएको जानकारी दिएका छन् । साना लगानीका र दुर्गमका मिडियाको संरक्षण र विकास गर्न लोककल्याणकारी भन्दा पनि समानुपातिक विज्ञापन नीति लागू गर्नुसके न्यायसंगत हुनसक्ने भन्दै उनले यसतिर पहल भएको बताए ।
‘स्थानीय विज्ञापन, स्थानीय मिडिया’ को पहल भएको र पत्रकार दुर्घटना बीमा, प्रेस पास नवीकरण भए स्वत: दुर्घटना बीमा हुने प्रावधान सूचना विभागले ल्याएको जानकारी पनि दिए । महासंघको पहल कदमीमा प्रेस काउन्सिल नेपालका कावा अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलको कार्यक्रममा प्रकाश पारेका थिए । उनका अनुसार ल्यापटप क्यामरा, प्रेस खरिद गर्न पत्रकारहरुलाई काउन्सिलले सहयोग गर्दै आएको र दलित महिला सम्पादकलाई सम्मान गर्ने परम्परा बसालेको बताए । खासगरी कर्णालीका पत्रकारितामा काउन्सिलले विशेष ध्यान दिने पनि बताए ।
कार्यक्रममा सूचना विभागका महानिर्देशक वीरबहादुर राई पनि सहभागी थिए । उनले प्रेस पासलगायत सबै सेवा अनलाइन गर्न लागिएको जनाउँदै विभागले पत्रकारलाई निवृत्तिभरण र छात्रवृत्ति दिने व्यवस्था गर्न पहल थालेको र प्रेस पास नवीकरण गर्ने पत्रकारलाई दुर्घटना बीमा दिइने प्रावधान ल्याइएको बताए ।
बृद्ध पत्रकारलाई पत्रकारहरुलाई महासंघले वार्षिक रुपमा केही आर्थिक सहयोग गर्ने सुरुआत गरिसकेको सन्दर्भ, प्रेस काउन्सिलको सक्रियता र अव सूचना विभागले निवृत्तिभरण र छात्रबृत्तितिर सोच्नु उत्साहजनक छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper