banner
banner

गोली ठोक्ने पक्राउपछि रहस्य खुल्यो

काठमाडौं । निर्माण व्यवसायी शरदकुमार गौचनको हत्या प्रकरणका योजनाकार समिरमानसिंह बस्न्यात चितवनबाट पक्राउ परेपछि रहस्य खुल्यो– गौचनले सहमतिअनुसारको कमिशन दिएनन्, कुमार घैंटेको शेयर पनि पचाउने नियत देखाए । प्रहरीका अनुसार रुपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारी, दावा लामामाथिको गोलकाण्ड र शरद गौचनको हत्याका योजनाकार यिनै हुन् । प्रहरी अधिकारी पुष्कर कार्कीले गौचनले सञ्चालन गर्दै आएको डाँफे कन्स्ट्रक्सनमा कुमार श्रेष्ठ (घैंटे) र समिरमानसिंह दुवैको शेयर रहेको र घैंटेको निधनपछि बाँकी रहेको शेयर माग्दा नदिएपछि गौचनको 
हत्या गरेको  अनुसन्धानबाट खुल्न आएको खुलासा गरेका छन् । गौचनले घैंटेसँग दुई करोड ५० लाख रकम लिएको र उक्त रकममध्ये बस्न्यातले आफ्नो एक करोड भएको दाबी गरेका थिए । यस्तै वीरगञ्जदेखि विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिशन दुई प्रतिशत मागेकामा गौचनले बेवास्ता गरेपछि हत्या भएको रहस्य पनि खुलेको छ ।
यद्यपि पहिले देखि नै प्रहरीले आर्थिक लेनदेनका कारण गौचनको हत्या भएको हुनसक्ने आँकलन गरिरहेको थियो । नभन्दै अहिले आएर आपसी लेनदेनकै कारण गौचनको हत्या भएको खुलेको छ ।
हत्याको लगत्तै हत्यारालाई पक्राउ गर्न भनेर गौचनका परिवारले गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शनसमेत गरेका थिए । त्यतिबेला अनुसन्धान हुने र छिटै हत्यारालाई पक्राउ गर्ने भनिएको थियो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper