banner
banner

स्वच्छ हावाको सोच

Time for all of us to care about clean air! हामी सबै मिलेर स्वच्छ हावाको बिषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।
अमेरिकी दूतावास नेपालको जनसंख्या तथा बातावरण मन्त्रालय र इसिमोडसँग मिलेर दक्षिण एसिया र हिन्दकुश हिमालय क्षेत्रमा वायु प्रदूषण, हावापानी र स्वास्थ्यसम्बन्धी ३ दिने कार्यशाला र विज्ञाननीति कार्यक्रम आयोजना गर्न पाएकोमा अमेरिकी दूतावासले खुशी प्रकट गरेको छ । दक्षिण एसिया तथा विश्वभरी नै वायु प्रदूषण रोगहरुको एक प्रमुख कारण बन्दैगएको स्थितिको गम्भीरतालाई यो कार्यशालाले सबैलाई संचेतन पार्न सघाएको अनुभव गरियो ।
यो कार्यशाला कार्यक्रममा वैज्ञानिक र नीति निर्माताहरुले दक्षिण एसियामा वायु प्रदूषण नियन्त्रण तथा रोकथाम सम्बन्धी माले घोषणापत्र कार्यान्वयनलाई थप प्रभावकारी बनाउन क्षेत्रीय सहकार्य बढाउने उपायका बारेमा छलफल छलफल गरेका थिए । वातावरण समस्या बढ्दै गएको सन्दर्भ र वातावरण परिवर्तनको समस्याले विश्वलाई नै तताइरहेको स्थितिमा नेपालजस्तो भौगोलिक विकटता र समस्याहरुले जेलिएको मुलुकमा इसिमोडजस्तो संस्थाको सक्रियता र अमेरिकी दूतावासको सहयोगमा वायु प्रदूषणबाट बढेका रोगहरुको कारण र निराकरण सम्बन्धमा कार्यशाला हुनु महत्वपूर्ण घटना मान्न सकिन्छ । यद्यपि इसिमोडले लामो समयदेखि वातावरण परिवर्तनबारे अनेकन अनुसन्धान र संचेतन कार्यक्रम चलाउँदै आएको छ । यसकार्यमा इसिमोडका कार्यकारी डेभिड जेम्स मोल्डन बढी सक्रिय रहेका छन् । उनको बिग्रदो वातावरणप्रतिको चिन्ता देख्दा लाग्छ, उनले नेपालमा रहेर मानवीयताको विकासका लागि निकै राम्रो काम गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper