banner
banner

जिम्मेवार सेना

निर्वाचनमा सुरक्षा दिन सेना व्यारेक बाहिरछ, जिम्मेवारी पूर्ण पालना गर्छौं भन्ने नेपाली सेनाको अभिव्यक्ति पहिलो चरणको निर्वाचनमा पूरा भएको छ । सेनाकै हवाई र स्थलगत गस्तीका कारण निर्वाचनमा कतै पनि गम्भीर प्रकारका घटना घटेनन् । यसका लागि नेपाली सेनालाई धन्यवाद दिनैपर्छ । यसैगरी मंसिर २१ को दोश्रो चरणको निर्वाचनमा पनि सेनाले पूर्ण जिम्मेवारी पालना गर्ने कुरामा विश्वस्त हुनसकिन्छ भन्छन् पर्यवेक्षकहरु । सेनाले हाइअलर्टमा गरेको 
काम अति नै प्रशंसनीय छ । चुनावका लागि तीन घेराको सुरक्षा व्यवस्था गरिएकोमा सेना तेश्रो घेरामा थियो । सेनाका बारेमा सैनिक प्रवक्ता नयनराज दाहालले सरकारले दिएको म्याण्डेटअनुसार नै सेना परिचालित भएको र भइरहने स्पष्ट पारेका छन् । मतपत्र, मतपेटिका, विष्फोटक पदार्थ निस्क्रिय पार्ने, हवाई गस्ती गर्ने सबै कार्य सेनाले निर्वाह गरेको छ र दोश्रो चरणको चुनावमा पनि गर्नेछ ।
पहिलो चरणमा २८ हजार र दोश्रो चरणको निर्वाचनमा ३६ हजार सेना परिचालन गरिएको थियो । सेनालाई कुनै पनि संवेदनशील क्षेत्र र शंकास्पद व्यक्तिमाथि छानबिन गर्ने अधिकार दिइएको छ । सेनाकै कारण निर्वाचनमा जति त्रासदी फैलाउन खोजिएको थियो, ती सबै निस्क्रिय भएका छन् । कुनै पनि विभाजन र बिखण्डनवादी भयलाई चिर्न नेपाली सेना सक्षम छ, त्यो क्षमता राख्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper