banner
banner

सच्चिए दलाई लामा

काठमाडौं । तिमी कस्ता धर्मगुरु भनेर विश्वभरिबाट र नेपालबाट चर्को बिरोध भएपछि धर्मगुरु दलाई लामाले आफै सच्चिन बाध्य भएका छन् ।
दलाई लामाले बुद्ध नेपालको लुम्बिनीमा जन्मेको कुरा विश्वलाई थाहा छ तर उनी नेपाल, भारत, तिब्बतको मात्र होइनन्, उनको ज्ञानका कारण उनी विश्वभरि फैलिएका छन् भन्ने प्रष्टिकरण दिएका हुन् । बुद्धज्ञान एसियाभर र विश्वमा पनि सबैले आत्मशरण गरेको दलाई लामाको तर्क रहेको छ ।
भारतको प्रायोजनमा भारतबाटै एक कार्यक्रमको भिडियो बनाएर उनले बुद्ध भारतमा जन्मेको बताएका थिए । यति झूठ बोलेकोमा दलाई लामाले आफ्नो ओजन घटाएर ठूलै मूल्य चुकाएका छन् ।
बुद्धका विषयमा गलत बोल्ने दलाई लामाका विरुद्ध हाम्रा नेताहरुले मुख खोलेका छन् र बुद्ध नेपालका जन्मेको कुरालाई बंग्याउने यी कस्ता धर्मगुरु भनेर प्रश्नसमेत गरेका छन् । बुद्धका बारेमा नेपाली एकता प्रदर्शन भएको छ । यो नेपाली राष्ट्रियता विभूतिहरुका सम्बन्धमा साह्रै खुशीलाग्दो खबर पनि हो । यसैगरी देशका बारेमा एक श्वरले एकतावद्ध भएर राजनीति लाग्ने हो भने नेपाललाई अरु हेप्न सक्ने थिएनन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper