banner
banner

मोहनविक्रमको रहलपहल

रोशन कार्की -
नेपाली कम्युनिष्ट पार्टीका भीष्मपितामह भनिने मोहनविक्रम सिंह अहिले पनि अर्धभूमिगत नै छन् । नेपालका कम्युनिष्टहरु चिरा चिरा, टुक्रा टुक्रा भए पनि मोहनविक्रम सिंह आफू गोप्य र चित्रबहादुर केसीले नेतृत्व गरेको राष्ट्रिय जनमोर्चालाई संसद र सरकारमा पठाएर संसदीय पद्धतिभित्रै कम्युनिजमको बिउ बचाएर बसेका व्यक्तित्व हुन् । यसपटक एमाले र माओवादी वाममोर्चा बनाएर चुनावमा होमिए । मोहनविक्रम सिंहले श्रीमती दुर्गा पौडेललाई वामोर्चाको समर्थनका साथ कांग्रेसका विरुद्ध उमेदवारका रुपमा खडा गराएका छन् ।
यता योजना आयोगका उपाध्यक्ष तथा राष्ट्रिय पुनर्निर्माण आयोगका कार्यकारी डा.गोविन्द पोखरेल राजीनामा दिएर प्यूठानको डाँडो उक्ले । म चुनाव उठ्छु, चुनाव जित्छु र मन्त्री हुन्छु भन्ने स्वघोषणासहित चुनावमा होमिएका पोखरेलको टक्कर मोहनविक्रम सिंहकी श्रीमती तथा वाममोर्चाकी उमेदवार यिनै दुर्गा पौडेलसँग हुने भएको छ । कसले जित्ला ?
हो, यही प्रश्नले कांग्रेस र वाममोर्चामा मात्र होइन, स्वयम् मोहन विक्रम सिंहको व्यक्तित्वसमेत दाउमा भएकाले बढी चर्चा भइरहेको छ ।
कांग्रेसलाई हराउन र दुर्गालाई जिताउन मोहनविक्रम सिंह वाममोर्चाको प्रचारमा जुटेका छन् र राजलाई गाली गर्‍यो भने चुनाव जितिन्छ भन्ने उनको मनमा पनि छापै परेको रहेछ । यसकारण मोहनविक्रम सिंहले जुन जुन क्षेत्रमा चुनाव प्रचार गरिरहेका छन्, ती क्षेत्रमा कांग्रेसले चुनाव जित्यो भने राजतन्त्र फर्किन्छ, धर्मनिरपेक्षता सकिन्छ भनिरहेका छन् । मोहनविक्रम सिंहजस्ता दिग्गज नेता जो मोहनचन्द्र अधिकारीले झैं रुद्राक्षको माला जप्ने वानप्रस्थको उमेरमा पुगिसकेका छन्, उनले यसरी भ्रम फैलाएर श्रीमतीलाई र वाममोर्चालाई चुनाव जिताउने कसरत गर्नु पनि आश्चर्य लाग्दो कुरा हो । कम्युनिजम मान्ने मोहनविक्रम सिंहको कम्युन्यालिजमले उनको जीवनको उत्तराद्र्धलाई नराम्ररी बिटुल्याएको देखिन्छ । यद्यपि अझै एमाले र माओवादी ठिक हुन् भन्ने नैतिक साहस छैन मोहनविक्रम सिंहमा । तर बाध्यता श्रीमतीलाई चुनाव जिताउनै पर्ने भएकोले मोहनविक्रम सिंह पनि यसरी सिद्धान्तमा पातलिनु परेको छ ।
मोहनविक्रम सिंहको कम्युनिजमको रहलपहल दुगौ पौडेलमात्र हो त ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper