banner
banner

अफ्रिकन सुन्दरीको गालाजस्तै सडक

राम कार्कीले पनि हँसाउनु हँसाए । उनको चुनावी बाचा: झापाका सडक अफ्रिकन सुन्दरीको गालाजस्तै बनाउँछु । यसरी उपमा दिन मिल्ला कि नमिल्ला, अफ्रिकन नै किन अरु सुन्दरीको गालाजस्तो चिल्लो भनेको भए हुन्थेन ?
उनले कांग्रेसका प्रतिद्वन्द्वी विश्वप्रकाशबारे ती भाइले गाउँमा घुमेर के गर्ने ? भनेर खिसी पनि गरिदिए । राम कार्कीजस्ता पढन्ते विद्वानको चुनावी प्रचारशैली देखेर झापालीहरु नै दङ परे, देशवासीलाई त हँसी मजाक नै भयो नि ।
झाप क्षेत्र १ मा माओवादी नेता राम कार्की र कांग्रेस युवा नेता विश्वप्रकाशवीच कडा प्रतिस्पर्धा हुनेछ । यो क्षेत्र विश्वप्रकाशको घर गाउँ पनि हो।
यसबाहेक माओवादी नेता राम कार्कीले तपाईंहरु हामीलाई भोट दिनुस् वामपन्थीको सरकार बनाउनुस् भन्दै ५ वर्षभित्रमा मजदुरहरुको तलब दोब्बर वृद्धि गर्ने र ग्राभेल सडकलाई ‘अफ्रिकन ब्यूटी’ को गालाजस्तै पोटिलो, चिल्लो बनाइदिने बताए । राम कार्कीले आफूले बोलेको कुरा ढुंगे अक्षर हो भने । कांग्रेसका नेता भन्छन् चियाको बोटमै जन्मिएको हुँ, तर म आमाले जन्माएको मान्छे , ५–६ महिना समय लाग्ला, तर मैले बोलेको कुरा पूरा गर्छु गर्छु । सरकार कम्युनिष्टको बन्छ, मैले जितेमात्र झापा सुन्दर र शान्त बन्छ, विचार गर्नुहोला ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper