banner
banner

एनआरएनको नखरै बढी

सहदेव सिग्देल -
अधिवेशनको चुनाव प्रचार र चुनाव जितेपछि तथा विभिन्न स्वागत कार्यक्रम लगायत नेपाल पत्रकार महासंघ पुेर समेत एनआरएनए अध्यक्ष भवन भट्टले लगानी गर्न तैयार रहेको तर लगानी मैत्री वातावरण नभएकाले लगानी वातावरण चाहियो भनेका छन् ।
सरकार लगानी गर्न उक्साइरहेको छ, लगानी गर्न कुन वातावरण चाहियो, यस बारेमा अध्यक्ष भवन भट्टले कुनै स्पष्ट जवाफ दिएका छैनन् । चुनावका बेलामा यो पनि, त्यो पनि मेरै सोच हो भनेका थिए । यहाँसम्म कि गोरखाको वारपाकको भूकम्पपीडितलाई बनाउन थालेको हजार घरको काम पनि मेरै योजना भनेर धक्कु लगाएका थिए । आफूले जिते रोजगारमूलक उद्योगहरु स्थापना गर्न व्यापक लगानी गर्ने वचन पनि दिएका थिए । अव लगानी वातावरण नभएको गुनासो गरेर पन्छिन थालेका छन् ।
लाग्छ, एनआरएनए अध्यक्ष भवन भट्ट पनि नेपाली नेताहरुजस्तै सपनाको खेती गर्न च्याम्पियन भएका छन् ।
नेपाल पत्रकार महासंघले पनि भवन भट्टको अध्यक्षको कार्यकाल पूर्ण सफल रहोस्, उनले एनआरएनएबाट नेपालले जुन आशा र भरोसाको अपेक्षा गरेको छ, त्यो पूरा गर्न उनलाई प्रेरणामिलोस् भनेर शुभकामना दिएको थियो । त्यो शुभकामनाको मान राख्नसमेत भट्टले स्वदेशमा रोजगारमूलक उद्यममा लगानी भित्र्याउनै पर्ने छ र सबैले अनुभव गर्ने र धन्यवाद दिनसकिने खालको भयो भने भट्ट धन्यवादको पात्र हुनेछन् ।
अधिवेशनदेखि अहिलेसम्म पनि हरेक तह र तप्काका व्यक्ति, संस्थाहरुले भट्टलाई साथ दिएका छन् । चुनावका बेलामा हरेक पार्टीको शुभकामना र समर्थन पनि यिनले पाएकै हुन् । यिनले पत्रकार महासंघमा ईपुस्तकालयका लागि सहयोग गर्ने बचन दिएका छन् ।
यिनले हरेक संस्थाहरुसँग सहकार्य गरेर अघि बढ्ने लचकदार कुरा गरिरहेका छन् । नेपाल भट्टबाट जलविद्युत र उद्योगमा व्यापक एनआरएनएको लगानीको प्रतिक्षामा छ । त्यो व्यापक लगानी भनेको कस्तो र कुन कुन क्षेत्रमा हो, भट्टले देखाउनैपर्छ । अन्यथा एनआरएनए भनेको संविधानमा आफ्ना माग संवोधन गराउने र दोहोरो नागरिकताका लागि मात्र लागिपर्ने संस्था रहेछ भन्ने गाल पर्ने छ । के भट्टले नेपालमै रोजगार सिर्जना गर्न सक्लान् त ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper