banner
banner

कांग्रेस कवाडीको भाउमा पनि बिक्दैन

Bashudev wagle- 

एमाले अध्यक्ष केपी ओलीले ‘वाम तालमेल र एकीकरण’को घोषणापछि लोकतान्त्तिक गठबन्धन बनाएका र वाम मोर्चाले चुनाव जित्यो भने रुन पनि पाइन्न भन्ने कांग्रेस सभापति तथा प्रम शेरबहादुर देउवाको कथनको जवाफ दिदै ओलीले भनेका छन्– कांग्रेस ‘आउटडेटेड’ भइसक्यो, अव कांग्रेस कवाडीमा पनि बिक्री हुँदैन ।
ओलीले कांग्रेसलाई ‘बिग्रेको मोटरसाइकल’ भनेर पनि टिप्पणी गरे । नेपाली जनताले मोटरसाइकलको टायर फेरे, ट्युब टाले, मर्मतसमेत गरे । अब त कामै लाग्न छाड्यो, कवाडीमा पनि नबिक्ने भयो कांग्रेस । ओलीले कांग्रेसमाथि यति कडा र तीतो टिप्पणी गरेको यो पहिलो पटक हो । पहिले पहिले उखान टुक्का हालेर कहिले कसलाई, कहिले कसलाई टन्ट गरिरहने ओलीको हौसला यसपटक धेरै माथि देखिन्छ । कारण वाममोर्चा बनाउन प्रचण्ड मिल्न आउन नै यसको प्रमुख कारण मानिएको छ ।
तर नेपालको राजनीतिमा यसै भन्न सकिन्न । जे पनि हुनसक्छ । भनिन्छ, राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु हुन्न । चुनावको परिणाम ओलीले भनेजस्तो आएन भने भोलि यिनै पार्टीहरु अँगालो मारामार गर्न बेर लगाउन्नन् । किनभने प्रचण्डले एमालेको लिंग कुन हो भनेर सोधेका थिए, अहिले टाँस्सिन पुगेका छन् ।
वाम मोर्चाको तालमेल र एकीकरणसम्मको अभियानमा प्रचण्डको आगमनबाट बलशाली भएको अनुभूति गरिरहेका ओलीले प्रदेश र संसदको निर्वाचनमा भारी बहुमत ल्याउने र ५ वर्ष स्थायी सरकार चलाउने सपना त देखेका छन्, तर जसरी उनकै सरकार गिराउन र अहिले सरकारमै बसेर देउवालाई अप्ठेरोमा पार्ने प्रचण्डले आफ्नो स्वार्थ सकिएपछि लात हान्ने त होइनन् ? एमालेभित्र शंका छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper