banner
banner

कहिलेसम्म लुटाउने जडिबुटी

पदम हमाल -
क्यान्सरको उपचारमा काम लाग्ने लौठ सल्ला नेपालभरिबाट भारत निकासी भइरहेको छ । तस्करीमा सघाउने सुरक्षा निकाय र वन अधिकारी, भन्सार र ाजस्वका कार्मचारीसमेत सामेल छन्, यसमा लुकाउने के छ र ?
अहिले जुम्लाबाट जडिबुटी निकासी गरेर ३० लाख राजस्व उठेको हल्लीखल्ली गरिएको छ । ३० लाख राजस्व उठ्दा देशको दुर्लभ जडिबुटीको कति नोक्सानी भयो भन्नेतिर वन मन्त्रालयको ध्यान कहिले पनि गएको देखिएन ।
यार्सागुम्बा, गुच्ची च्याउ, वन लसुन, धुपीपात, सतुवा, सुगन्धवाल, पदमचाल, कालादाना, चिराइतो, पाषणवेद, विषजरा, सुनपाती, अमलवेद, अतिस, लगायत १६ प्रकारका जडीबुटीबाट उक्त राजस्व त उठ्यो होला, यस्ता अनगिन्ती वनौषधिहरुको स्वदेशमै उपयोग गरेर औषधि निकासी गर्नेतिर सरकारले ध्यान दिने कहिले हो ? नेपालमा यस्ता महत्वपूर्ण जडिबुटी पाइन्छन् कि विश्वका कुनै पनि क्षेत्रमा पाइन्न । तर केही प्रतिशत राजस्व उठाउको देखाएर व्यापक रुपमा वनौषधि, जडिबुटीको विनास भइरहेको छ, यसतिर ध्यान जानैपर्छ ।
लोकतन्त्र भन्ने, तर नेपालका महत्वपूर्ण जडिबुटीतिर ध्यान नदिदा नेपालले ठूलो नोक्सानी बेहोर्नु परेको छ । स्वदेशमै हुनसक्ने उपचारविधि र औषधिको उत्पादनतिर वन मन्त्रालयले ध्यान दिनुभन्दा पनि कसरी कमिशन आउँछ, कसरी तत्काल खल्ती भर्न पाइन्छ भन्नेतिर ध्यान दिदा नेपालको विकास झन झन पर पर हुँदै जाँदो छ । लामो सोच भएको र केही गर्ने इच्छाशक्ति नभएको नेतृत्व तहका कारण हरेक क्षेत्रमा बढ्दो भ्रष्टाचार, वनौषधि जडिबुटीमा पनि भइरहेको छ । यो सव देखेर पनि आवाज नउठाउने सचेत बर्ग पनि छन्, जो जिम्मेवारी लिन चाहदैनन् र पार्टीका पछि पछि व्यक्तिगत स्वार्थ र लाभका लागि दगुरीरहेका छन् । यो टीठलाग्दो अवस्थामा सुधार आउन पर्ने हो, अव हुने चुनावमा पनि उही डन र बाहुबली, पुरानै भ्रष्ट बढी देखिन्छन्, के सुधार होला र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper