banner
banner

राजनीति र चुनावबारेको टिप्पणी

पदम हमाल -
– ईतिहास साक्षी राखेर भन्नु पर्दा मानिसको बिलासी आयु सकिन लाग्यो भने बरबराउने र एक अर्कामा कुरा लगाउने गर्छ भन्थे, आखिर साँचो नै हो कि भन्ने लाग्दैछ हनुमान जी ।
– चुनाबी सरकारले आचार संहिता बिपरित भटाभट सरुवा, बढुवा र नियुक्ति गर्दा कस्लाई फाईदा भा को होला ? पार्टी कि मन्त्री कि ब्यक्तिलाई ?
– अदालतमा गीता, कुरान र बाइबलको कसम खुवाएर बयान लिनु भन्दा ३ प्याला रक्सी पिलाएर बयान लिने हो भने सहि कुरो र सहि फैसला आउने सम्भाबना बढी हुन्थ्यो हनुमान जी, कि कसो ?
– आदणीय जनसमुदाय तथा मित्रजनहरु, चाकडी र चाप्लुसी बिना कोही कसैले यसपाली टिकेट नपाए पनि तर तपाईं हाम्रो भोट भने सहि ठाउँमा प्रयोग गर्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ किनकी पैसा कै भरमा महत्वपूर्ण पद किन भ्रष्टहरुको हिल्ला लगाउने ? हाम्रो भूमिका देखाउने बेला भएन र ?
– छुपेरुस्तमहरुलाई तह लगाउने कुरा तपाईं हामीले राम्ररी बुझ्नु जरुरी छ र त्यस्ता निकम्महरुलाई तपाईं हाम्रो अमुल्य भोटले मात्र घर न घाटको बनाउन सक्छ । नत्र बहुलठ्ठक कारण यो देश पुरै तहस नहस हुने निश्चित भएकोले अदल बदल र खुट्टा नकमाइकन आफ्नो निर्णय आफै लिई लोभ नभाको सक्षम ब्यक्त्तिलाई भोट दिनु हुनेछ भन्ने आशा र विश्वाश लिएको छु । श्री पशुपती नाथले हामी सबैको कल्याण गरुन् ।
– ०५२ देखी अहिलेसम्म कोही कसैका ईतिहास पल्टाउँदै जादा पुन: यो देशमा ठुलै भुइचालो आउन सक्छ ? त्यो पनि अदालत र ...को आडमा भन्ने लाइराछ । मलाईजस्तो अनुमान अरुको पनि सुन्न थालिएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper