banner
banner

६ नेता जसले कन्सेसन पाए

अख्तियारको छानबिन सूचीमा परेर भ्रष्टाचार र अकूत सम्पत्तिमा छानबिनमा परिसकेका यी ६ नेताले कन्सेसन पाए । लोकमानको बहिर्गमनसँगै यिनको भाग्यले साथ दिएको हो र यिनले अख्तियारको कारवाहीबाट त्राण पाएका थिए ।
दीप बस्नेत अहिलेका अख्तियार प्रमुख हुन्, जो एमालेको प्रभावमा परेका व्यक्ति हुन् । उनले आयल निगमको जग्गा खरिद प्रकरणमा आँखा चिम्लेरै समय बिताइदिए र नातेदार आफन्त भनेपछि कुनै कारवाही नै नगर्ने अख्तियारका प्रमुख दीप बस्नेतले यिनको फाइल खोल्ने त कुरै छैन । लोकमान गए, दीप बस्नेत हनुमान भए । शक्तिका पुजारीले भ्रष्टाचार घटाउने कुरै भएन ।
तत्कालीन समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमालेका ६ नेताहरुसहित २९ जना पूर्वमन्त्री, सांसद, पूर्वप्रशासक एवं उच्च पदस्थविरुद्ध पत्र काटेपछि एमालेभित्र भुइचालो नै गएको थियो । त्यो पत्र पत्रमै सिमित भयो, यी राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे, बंशीधर मिश्र, इच्छाराज तामाङ, जनार्दन ढकाल र पूर्वसांसद विजय पौडेलले राहतको अनुभव गरे । यिनलाई अव कसले पत्र काट्ने र कारवाही गर्ने ? जनार्दन ढकालबाहेक पाँचै जना माधव पक्षका व्यक्तिहरु थिए, एउटा लोकमान फस्दा भ्रष्टाचारको फाइल नै बन्द हुनेरहेछ । कहिल्यै खुलेन ।
देशमा सुशासनका लागि खबरदारी गर्ने र भ्रष्टलाई अदालतको कठघरासम्म पुर्‍याउनका लागि अख्तियारजस्तो संवैधानिक निकायको व्यवस्था गरेको हुनुपर्छ । तर संवैधानिक अंगलाई नै अपाङ्जस्तो प्रभावहीन पारेर पार्टीहरुले भ्रष्टाचारलाई संस्थागत विकासको साझेदारजस्तो पोबनाइदिए ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper