banner
banner

मधेसमा जनमत संग्रहको माँग

रोशन कार्की -
हिन्दुधर्मको रक्षाका लागि मधेशका हिन्दूहरुले जनमत संग्रहको माग माग गरेका छन् । मधेसमा क्रिश्चियन चर्चहरु धमाधम खुल्न थालेपछि मधेस निवासी हिन्दुहरुले जनमत संग्रहकोमाग गरेका हुन् । नेपाल हिन्दुराष्ट्र थियो, हिन्दुराष्ट्र नै हुनुपर्छ भन्ने उनीहरुको यो आक्रोसित मागलाई राजधानीसम्म ल्याउन सक्ने हो भने जनमत संग्रहलाई कसैले रोक्न सक्नेछैन । तर हिन्दुहरु, हिन्दुवादीहरु यति स्वार्थप्रेरित छन् कि उनीहरु सडकमा आउन सकेका छैनन् । अन्यथा ॐकार परिवार ९५ प्रतिशत छन्, केही नेताहरु मिलेर हिन्दुराष्ट्रलाई बाहुबली बनेर धर्मनिरपेक्ष राष्ट्र बनाउने हिम्मत कसरी गर्न सक्थे र ?
हिन्दुवादी युवाहरुको संगठन हो हिन्दु युवा जनशक्ति संघ, सर्लाही । यस्तै संघ बारा, पर्सामा पनि छ । यी तिनै जिल्लामा धर्मनिरपेक्षता हुनुहुन्न भन्ने आवाज घन्किरहेको छ र जनमत संग्रहको माग पनि बढेर गएको छ ।
उनीहरुले तत्काल जनमत संग्रहको माग पूरा नहुने हो भने कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । यसरी हिन्दुवादको आवाज उठिरहदा, कडा आन्दोलनका लागि जनजागरण भइरहदा पनि हिन्दुवादका ठेकेदार बनेकाहरु कोठे बक्तव्यवाजी र ओठे भाषणबाजी गरेर रमाइरहेका देखिन्छन् । तिनको आवाजलाई ढाकेर आवाज घन्काउने सुवुद्धि हिन्दुवादीहरुमा देखिदैन ।
नेपाली कांग्रेसभित्र पहिले देखि नै हिन्दुत्वको प्रभाव थियो । अनेक कारणले धर्मनिरपेक्षतामा साथ दिनु परेको भए पनि अव हिन्दुराष्ट्रका लागि जनमत संग्रह गराउने मनस्थितिमा कांग्रेस पुगेको छ । त्यसमाथि कांग्रेस पार्टीकै नेतृत्वमा सरकार पनि भएकाले स्थिति अनुकूल पनि छ । यति अनुकूल वातावरण पाएर पनि हिन्दुहरुले हिन्दुवाद उचाल्न नसक्नु दुर्भाग्य हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper