banner
banner

मुस्ताङ जहाँ लाश पोलिन्न

पदम हमाल -
मुस्ताङमा अहिले पनि मान्छे को अन्त्येष्ठी गिद्धलाई शव ख्वाएर गरिन्छ । यो उपल्लो मुस्ताङ्को बास्तविकता हो । यो परम्परा पनि हो र बाध्यता पनि । लोमान्थाङकी गाउँपालिका प्रमुख छिन् इन्द्रधारा विष्ट । उनका अनुसार यो परम्परा बिस्तारै लोप हुँदै गएको छ । यद्यपि उपल्लो मुस्ताङमा कायमै छ ।
उपल्लो मुस्तामा विष्ट थकाली गुरुङ र विश्वकर्मा जातिको बसोबास छ । जसको मृत्य भए पनि लामा गुरुले कुण्डली हेर्छन् र उसको अन्तिम संस्कार विधि पनि तोकिदिन्छन् । कसैलाई जलाउनु, कसैलाई बगाउनु, कसैलाई गाड्नु र कसैलाई गिद्धलाई खुवाउनु भन्ने गुरुको आदेश हुन्छ । मान्छेको शवलाई टुक्रा टुक्रा पारेर गिद्धलाई खुवाउनु सबैभन्दा उत्तम भन्ने विश्वास धेरैको पाइन्छ ।
गिद्धले शव खाएर बिस्ट्याएपछि वरत्र र परत्र राम्रो, कुलवंश फैलिने धार्मिक विश्वास पनि धेरैको छ । खासगरेर हिमाली क्षेत्रमा दाउराको अभावका कारणले समेत गिद्धलाई शव ख्वाउने गरिएको धेरैले बताएका छन् ।
बिस्तारै गिद्ध लोभ हुँदै गएकाले गाड्ने प्रचलन बढेर गएको छ । यतिबेला नदीमा शव बगाउने प्रचलन बढेर गएको छ । जेहोस्, मुस्ताङ त्यसै पनि आकर्षणको केन्द्र हो । उत्तर दक्षिण र पश्चिमाहरु सैनिक रणनीतिका कारणले पनि मुस्ताङ आवत जावत गरिरहन्छन् । मुस्ताङको जाति र तिनको संस्कार, धर्मकर्म र संस्कृतिको विविधिता पनि अनेक रहेका छन् । त्यसमाथि मान्छे मरेपछि कस्तो संस्कार गरिने भन्ने विषय पनि धेरैले जान्न चाहिरहेको देखिन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper