banner
banner

प्रचण्ड र ओलीको ब्रम्हास्त्र

वाशुदेव वाग्ले -
एमालेको सूर्य चिन्हमा चुनाव लड्न तैयार भएका प्रचण्ड र ओलीवीच चुनावी महाभारत जित्ने ब्रम्हास्त्रका रुपमा १९५० को सन्धि खारेज गर्छौं भन्ने नारा छ ।
जब जब नेपाली जनतालाई उछाल्न र आफ्नो पक्षमा पछार्नु पर्ने हुन्छ, तव तव १९५० को सन्धि र भारतविरोधी नारा उठ्ने गरेको छ । यही नारा प्रदेश र केन्द्रको निर्वाचनमा ओली र प्रचण्डले उराल्ने भएका छन् । प्रचण्ड र ओलीले चुनाव जिताउनोस्, १९५० को सन्धि खारेज हुन्छ भन्ने क्याम्पेन सुरु गरिसके ।
अहिले त एकतामात्र भएको छ, चुनाव पछि वामकेन्द्रका रुपमा एकीकरणमा समेत जाने निधो गरिसकेका ओली र प्रचण्डले चाहे भने अहिले नै प्रवुद्ध समूहमार्फत १९५० को सन्धि खारेज गर्ने प्रस्ताव पारित गराउन सक्छन् । तर त्यसका लागि भारतलाई सहमत गराउनु पर्ने हुन्छ । सहमत गराएपछि त चुनाव हारिन्छ नि । त्यसैले चुनाव जिताउनोस्, १९५० को सन्धि खारेज गराउनोस् भनेर चुनाव जित्ने रणनीतिका रुपमा ओली र प्रचण्डले यो असमान सन्धिलाई पासो बनाएका छन् ।
दुबै नेताले घोषणापत्र जारी गरेका छन् र ३१ पृष्ठ लामो घोषणापत्रको जिस्ट यही हो । त्यसो त सोझा जनता जे भने पनि विश्वास गरिहाल्छन्, यिनको घोषणापत्रले यिनलाई चुनाव जितायो र सत्तामा पुर्‍यायो भने आश्चर्य हुनेछैन । नजिर के पनि छ भने पार्टीहरुले जे घोषणा गर्छन्, चुनावपछि त्यसबारेमा चुँसम्म बोल्दैनन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper