banner
banner

दैनिक सयकिलो सुन कहाँ जान्छ ?

३३ किलो, १९ किलो, ८८ किलो, १० किलो सुन पक्राउ परे । तर ती सुनसँगै सुनमालिक होइन, भारियामात्र पक्राउ परे । एक सुन व्यापारीका अनुसार दिनहुँ सय किलो सुन भित्रिन्छ, कसले भित्र्याउँछ, कहाँबाट आउँछ र कसरी कहाँ जान्छ, कसैले भन्न सक्दैन । अर्थात नेपाल सुन माफियाको ट्रान्जिट प्वाइन्छ हो ।
भारत र नेपालको कालोधन सुनमा परिणत भइरहेको छ र अधिकांश सुन भारततिरै निकासी हुन्छ । नेपालमा पनि कालो धनवालाहरुले सुन थुपारेर सुरक्षित हुने अक्किल निकाल्न थालेका छन् ।
अधिकांश सुन साउदी, कतारबाट आउँछ, त्योभन्दा बढी चीनबाट भित्रिरहेको छ । सुनका एकसे एक डन नेपालमा होटल व्यापार गरिरहेका छन्, सुन बेचेर बसेका छन् । सुरक्षा निकायलाई थाहा छ, तर सुरक्षा निकाय चुपचाप छ ।
एक प्रहरी स्रोतका अनुसार त दैनिक सय किलो सुन रसुवाको केरुङ नाकाबाट मिलोमतोमा भित्रिरहेको छ । कसैले रोक्न सक्दैन भन्छन् उनी । किन भनेर सोध्दा यसमा हेभिवेट नेताहरुकै संलग्नता रहेको छ । पहिले राजधानी ल्याइन्छ र राजधानीबाट गन्तव्यतिर निकासी हुन्छ ती सुन । सुनको कथा अपरम्पार छ ।
उनका अनुसार जब जब तस्कर र साझेदारवीच मतभिन्नता हुन्छ, तवमात्र सुन पक्राउ पर्छ । अरु बेलामा सुन सुरक्षित रुपमा राजधानी आइपुग्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper