banner
banner

सार्क अनिश्चित : नेपाल सकृय भएन

रोशन कार्की -
गत वर्षकै नोभेम्बरमा हुनुपर्ने सार्क सम्मेलन यसवर्षको नोभेम्बरमा पनि हुनसकेन । नेपाल अध्यक्ष छ, अध्यक्षको हैसियतले सार्कलाई कसरी व्यवस्थित र समयमा शिखर सम्मेलन गराएर सक्रिय पार्ने भन्ने जिम्मेवारी नेपालकै हो तर नेपाल सरकारले यसतिर पटक्कै ध्यान दिएको छैन ।
हो, भारत र पाकिस्तान वीचको तनाले सार्क सम्मेलन भाँडिएको हो । यथार्थ के पनि हो भने भारत सार्कलाई बिघटन गराउन चाहन्छ र सार्कलाई पटक्कै महत्व दिदैन । अन्यथा द्विपक्षीय विवाद आफ्नो ठाउँमा छ, सार्क सम्मेलन नै नहुनुपर्ने के कारण हुनसक्छ र ? त्यसै पनि सार्कमा द्विपक्षीय मुद्दा उठाउन नपाइने नियम नै छ ।
नेपालकै प्रयास नभएकाले १९औं सार्क शिखर सम्मेलन अझ अनिश्चित हुनपुगेको छ । सार्क २०१७ मा नहुने भएपछि आगामी वर्ष पनि हुन्छ कि हुन्न भन्न सकिन्न । सार्क बिस्तारै छायाँमा पर्दै गएको छ । भारतले जसरी पनि पाकिस्तानलाई पछाडि पार्नका लागि विमिस्टेकलगायतका संस्थाहरुलाई सक्रिय पार्दै सार्कलाई निस्कृय पार्ने रणनीति लिइरहेको छ र नेपाल त्यही रणनीतिको सिकार बन्दै गएको अनुभूति कूटनीतिज्ञहरुले गरिरहेका छन् । यसरी नेपाल कुनै मुलुकको नीतिमा होइन, आफ्नो बृहत्तर हित र सम्बन्धमा ध्यान दिएर चल्नुपर्ने हो ।
भारत र पाकिस्तान सम्बन्धमा सुधार नआएसम्म सार्क सम्मेलन नहुने हो भने यो सम्बन्ध अझ बिग्रदै गएको छ । कहिल युद्धको स्थितिमा पुग्ने यो सम्बन्ध अहिले पनि सिमानामा गोली हानाहानमा रत्तिरहेको छ ।
केही हप्ताअघिको राष्ट्रसंघको वैठकमा समेत भारत र पाकिस्तानवीच तनाव बढेको थियो । भारतले आतंककारी मुलुक हो भन्दै सबैले बहिष्कार गर्नुपर्नेसम्मको आरोप लगायो भने पाकिस्तान भारतमाथि खनियो । एकदोस्राले आतंकलाई बढावा दिइरहेको अभिव्यक्ति दुबैले दिइरहेका छन् ।
पाकिस्तान आज पनि सार्क शिखर सम्मेलन गर्न तैयार छ । तर भारत मानिरहेको छैन । भारतले नेपालमाथि दबाब दिएर सार्कलाई पर पर धकेल्दै लगेकोमा कुनै शंका छैन । यसरी त सार्क बिघटनतिर पो जाने भयो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper