banner
banner

नेपाल कसरी सानो छ ?

फणीन्द्र नेपाल - 
अहिले नेपालमा मेची र महाकाली सीमाबारे प्रश्नहरू उठेका छन् । मेची र महाकाली सीमानदी हुन् कि साझा नदी हुन् भन्ने जिज्ञासा झन् बढेको छ ।
सीमा सन्धिको कुरा गर्दा इ.सं. १८०१ मा नेपाल र इष्ट–इण्डिया कम्पनीबीच भएको सन्धिको उल्लेख गर्नु प्रासङ्गिक हुनेछ । यस तेह्र सूत्रीय सन्धिको पााचौं धारामा सीमा विवादको समाधानको प्रावधानबारे उल्लेख गरिएको छ । तर अंग्रेजले यसको बेवास्ता गर्दै सीमासम्बन्धी निहुा झिेकर लडाइा गर्ने सुर कसे । उनीहरूले पाल्पा, बुटवल आदिका बाइस गाउाहरू इलाकाहरू पच्चीस दिनभित्र खाली गर्ने आदेश जारी गरेर पनि युद्धनीतिका विपरीत आफूले नै दिएको अवधि समाप्त हुनुभन्दा पहिलेन ै नेपाल अधिराज्यको सीमा क्षेत्रका पााच स्थानमा आफ्नो सैनिक छाउनी खडा गरे । क्याप्टेन लेटर नेपाल अधिराज्यको पूर्वी भूभाग सिक्किम तथा दार्जिलिङमाथि कब्जा जमाउन खटिए भने मेजर जनरल अक्टरलोनी लुधियानामा बसेर नेपालको तात्कालिक सुदूरपश्चिमको भूभागमाथि आक्रमण गर्ने तयारी गरिरहेका थिए । यस्तै मेजर जनर वुड बुटवलको बाटो पाल्पामाथि आक्रमण गर्ने आदेश पर्खिरहेका थिए । मेजर जनर जिलेस्पी नेपाल अधिराज्यअन्तर्गतको भूभाग देहरादुन, नहान, गढवाल, श्रीनगर आदि इलाकामाथि निशाना साधिरहेका थिए । मेजर जनरल मार्ले मकवानपुरको बाटो राजधानीमाथि आक्रमण गर्न अह्राइएका थिए । त्यस्तै क्याप्टेन लेटरलाई कोशीदेखि टिस्टासम्मको सीमा हेर्ने थप जिम्मेवारी दिइएको थियो । करिब पैंतालीस हजारको सैन्य बल र त्रियासी वटा तोप युद्धभूमिमा तैनाथ गरिएका थिए । नेपालको सैन्यशक्ति त्यसको आधा पनि थिएन । त्यसबखत नोलको सीमा पूर्वमा टिस्टा–सिक्किम र पश्चिममा सतलजसम्म कायम भएको थियो । सतलजपारीको किल्ला कांगडा जित्न नसकेपछि नेपाली फौज सतलजवारि आएर बसेको थियो । नेपाल–इष्टइण्डिया कम्पनीबीच भएको लडाइामा सन् १८१५ मई १५ तारिखका दिन अल्मोडाको पतन र बम शहको आत्मसमपृणको खबर पाएपछि पश्चिमका कमाण्डर अमरसिंह थापाले महाकाली पारिको भूभाग अंग्रेजलाई छोडिदिने सम्बन्धमा अक्टरलोनीसाग सन्धिपत्रमा हस्ताक्षर गरे । सुगौली सन्धिका बुादाहरू अंग्रेजहरूले तयार गरे, जसमा नेपालको सीमा पूर्वमा मेची नदी र पश्चिममा महाकाली नदी कायम गरियो । मेची र कालीबीचको समस्त तल्लो भूमि (तराई) इष्टइण्डिया कम्पनीलाई सुम्पिनुपर्ने भयो  मेचीपारि टिष्टसम्मको समस्त पहाडी प्रदेश र तराई खण्ड (अहिले त्यो भूभाग बंगलादेशसाग जोडिएको छ) तथा महाकालीपारि सतलजसम्मको समस्त पहाडी प्रदेश र तराई खण्डन पनि अंग्रेजको अधिनस्थ हुन पुग्यो । यस कुरालाई सन्धिद्वारा पुष्टि गरियो, जुन सन्धि २ डिसेम्बर १८१५ ई.सं. मा प्रस्तावित गरियो । सो चर्चित र विवादास्पद सुगौली सन्धि यसप्रकार छ– १. माननीय इष्टइण्डिया कम्पनी र नेपालका राजाका बीच चिरस्थायी शान्ति र मैत्री कायम रहनेछ । २. युद्ध हुनुभन्दा पहिले दुवै राज्यका बीच जुन भूभागका सम्बनन्धमा विवाद थियो, ती भूभागहरू राजाले परित्याग गर्छन् र ती भूभागहरूमाथि माननीय कम्पनीको प्रभुसत्ता स्वीकार गर्छन् ।
३. नेपालका राजा माननीय इष्टइण्डिया कम्पनीलाई तल उल्लिखित इलाकाहरू सदाका निम्ति समर्पण गर्दछ–
काली र राप्ती नदीको बीचका सम्पूर्ण तल्ला भागहरू,
राप्ती र गण्डकी बीचको सम्पूर्ण तल्लो भूमि, गण्डकी र कोशीबीचको समस्त तल्लो भूभाग, मेची र टिष्टाबीचको समस्त तल्लो भूमि, मेची नदीभन्दा पुर्वतर्फ सम्पूर्ण पहाडी इलाकाहरू, नागरीको र दुर्ग र जमिन तथा नगरकोटको घाटी जसमा मोरङबाट पहाडितिर जाने बाटो छ, यससागै सो घाटी र नागरीका बीचका सबै भूभाग यस मितिदेखि ४० दिनभित्रमा गोर्खाली सेनाले खाली गरिदिनुपर्नेछ ।
४. नेपाल राज्यका प्रमुख र भारदारहरू ज–जसको स्वार्थमाथि उल्लिखित अभिधाराले हानी पुर्‍याएको छ, क्षतिपूर्तिका लागि ब्रिटिश सरकारले ती प्रमुखहरूलाई जम्माजम्मी सालाना दुई लाख रुपियाा पेन्सनका रूपमा दिन स्वीकार गर्छ । यो रकम नेपालका राजाको तजबिजअनुसार समानुपातमा बााडिनेछ । नेपालका राजाबाट यस रकमको अनुपात निश्चित भएपछि पेन्सनका लागि गभर्नर जनरलको मोहर र हस्ताक्षरसहितको सनदपत्र सम्बन्धित पेन्सनवालालाई दिइनेछ ।
५. नेपालका राजा स्वयं आफ्नो सम्बन्धी तथा उत्तराधिकारीहरूका तर्फबाट काली नदीको पश्चिमी भूभागको सम्पूर्ण अधिकार परित्याग गर्छन् र साथै त्यो इलाका तथा त्यस इलाकाका निवासीहरूसाग कुनै किसिमको सम्बन्ध नराख्न बचनबद्ध हुन्छन् । ६. नेपालका राजा सिक्किमका राजालाई उनको प्रादेशिक अधिकारका सम्बन्धमा कुनै तरहबाट परेसान नगर्न र शाथै शान्ति भङ्ग नगर्न स्वीकार गर्छन् र साथै के पनि स्वीकार गर्छन् भने यदि नेपाल अधिराज्य र सिक्किमका राजा अथवा सिक्किमका प्रजाहरूका बीच कुनै मतभिन्नता उत्पन्न भएमा उक्त मतभिन्नता समाधान गर्न मध्यस्थको रूपमा ब्रिटिश सरकारलाई सुम्पनेछन् र नेपालका राजाले ब्रिटिश सरकारको निर्णय स्वीकार गर्नुपर्नेछ ।
७. नेपालका राजा यस नियमलाई स्वीकार गर्छन् कि ब्रिटिश सरकारको अनुमतिबिना कुनै ब्रिटिश प्रजा तथा युरोपेली प्रजा अथवा अमेरिकीलाई आफ्नो सेवामा कहिले पनि राख्नेछैनन् ।
८. दुवै राज्यका बीचमा मित्रता र शान्तिसम्बन्ध सुदृढ र समुन्नत गराउनका लागि एक राज्यका विश्वासपात्र मिनिष्टर दोस्रो राज्यमा रहनेछ भन्ने पनि स्वीकार गर्छन् ।
९. यो सन्धि जसमा नौ अभिधारा समाविष्ट छन्, नेपालका राजाद्वारा आजको मितिदेखि पन्ध्र दिनभित्र अनुमोदन गरिनेछ । उक्त अनुमोदन लेफ्निेन्ट कर्नल ब्रेडशालाई प्रदान गरिनेछ र उनले बीस दिनभित्र अथवा सम्भव भए सोभन्दा पनि अगावै गभर्नर जनरलबाट अनुमोदन गराई नेपालका राजालाई सो अनुमोदित सन्धिपत्र दिनेछन् ।
यस सन्धिमा विवादमा नपरेका नेपाल अधिकृत भूभागहरू पनि कम्पनी सरकारलाई सुम्पने प्रावधान भएकाले नेपालले यस सन्धिमा परेका केही अभिधाराप्रति आफ्नो सहमति र असन्तुष्टि प्रकट गरेको हुादा नेपाल र कम्पनी सरकारकाबीच केही तराई फिर्ता गर्ने प्रयोजनका निम्ति अर्काे आंशिक सन्धि भयो । ८ डिसेम्बर १८१६ मा भएको पूरक सन्धिबाट काशी र राप्तीका बीचको तराई फिर्ता भयो तर मूल सन्धिको धारा ४ को प्रावधानलाई खारेज गरियो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper