banner
banner

श्री ५ महाराजधिराज भन्दै विश्व हिन्दु महासंघले जारी गर्यो यस्तो ! (विज्ञप्ती समेत)

 

 
 
 
newsabhiyan


पूर्वराजा शाहको अभिव्यक्ति समय सान्दर्भिक र युगवोधक छ : राष्ट्रिय एकता पार्टी(प्र)

पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्यको स्वागत

 

पूर्वराजा ज्ञानेन्द्र शाहलाई हिन्दु सम्राट श्री ५ महाराजधिराज ज्ञानेन्द्र विर बिक्रम शाहदेव भन्दै विश्व हिन्दु महासंघले एक विज्ञप्ती जारी गरेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले गत ४ गते तिहारको भाइटीकामा दिएको बक्तव्यलाई लिएर एक विज्ञप्ती जारी गर्दै श्री ५ महाराजधिराज ज्ञानेन्द्र विर बिक्रम शाहदेव भन्दै सम्बोधन गरिएको हो ।

महासंघका अध्यक्ष भरत केशर सिंहद्धारा जारी विज्ञप्तीमा पूर्वराजा ज्ञानेन्द्रले ४ गते बोलेका कुराहरुलाई प्रशंसा गरिएको छ ।

पुर्व राजाले बोलेका कुरालाई विश्व हिन्दु महासंघले जारी गरेको विज्ञप्तीमा  पूर्वराजा  भन्दै भाइटीकाका दिन देशको अभिभावकको रुपमा मुलुकलाई नेतृत्व दिन र जिम्मेवारी लिन तयार रहेको सन्दर्भमा संचारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा बक्स भएको अभिव्यक्ती सान्दर्भिक, राजनीतिक स्थिति अनुकुल तथा स्वागत योग्य भएकाले विश्व हिन्दू महासंघ श्री ५ महाराजधिराज सरकारको अभिव्यक्तिको स्वागत गर्दै सरकारको पाउनमा अभिवादन सहितको हार्दिक बधाई चढाउँदछ, विज्ञप्तिमा भनिएको  छ ।

मुलुक नेतृत्व विहिन अवस्थामा रहेको, दिनानुदिन बढ्दै गएको भ्रष्टाचार, हत्या, हिंसा, अराजकता, राजनैतिक खिचातानी र आफ्नो धर्म संस्कृति, परम्परा, मूल्य र मान्यतालाई समाप्त पार्दै नेपालको मौलिक पहिचान नै नामेट गर्ने गरी राष्ट्रिय स्वाधिनता खतरामा पर्ने संकेत टट्कारोरुपमा देखा पर्न थालेको यस्तो राष्ट्रिय संकटको अवस्थामा राष्ट्रिय एकताका निम्ति एक जुट हुन सम्पूणृ राष्ट्रवादी, देशभक्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा विश्व हिन्दु महासंघ यस अवस्थामा सबैलाई होष्टेलाई हैंसे गर्न हार्दिक आवहान समेत गर्दछ प्रेस विज्ञप्तिमा उल्लेख  छ ।

मुलुक प्रतिको चिन्ता र चासोलाई स्वाभाविक रुपमा प्रकाट गर्दै सरकारबाट नेतृत्व लिने समय आएको भन्ने समयसापेक्ष अभिव्यक्तिले हामी देशभक्त सम्पूर्ण राष्ट्रवादी र राजसंस्थाका पक्षधर नेपालीहरु हर्ष विभोर हुँदै सबैको मनोबल उँचो भएको अनुभूति गर्दै  पूर्वराजा यस्तो ओजपूर्ण अभिव्यक्तिमा लागि हामी सम्पूर्ण नेपालीले साथ दिनु परम कर्तव्य हुन आउँछ ।

श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाहको अथक प्रयास र तपस्याले एकीकरण भएको यो मुलुकलाई सबल सक्षम र अक्षुण राख्न हामी सबै नेपाली एक जुट भई देशव्यापी रुपमा अगाडि बढौं भन्ने कुरा यसै प्रेस विज्ञप्तिमार्फत अपिल समेत गर्दछौं विज्ञप्तिमा भनिएको  छ ।

 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper