banner
banner

रवीन्द्र र जनताको चुनावी परीक्षा

वाशुदेव वाग्ले - 
विवेकशील साझा पार्टीले स्थानीय निर्वाचनमा चर्चा खुब पायो तर विजय पाउन सकेन । अव स्वयं रवीन्द्र मिश्र केन्द्रको चुनावका लागि अग्रसर भएका छन् ।
उनले काठमाडौंको क्षेत्र नम्बर १ बाट उठ्ने घोषणा गरेका छन् । त्यसो त विवेकशील पार्टीले राजधानीका २ नम्बर क्षेत्रबाट सहसंयोजक उज्वल थापालाई पनि उतार्ने भएको छ । अरु सदस्यहरुलाई पनि चुनावमा उतार्ने भएको छ । तर मुख्य चर्चा दिन पुगोस् खान पुगोस् भनेर एउटा परिचय बनाएका रवीन्द्र मिश्रको छ । 
राजधानीका जनताले परिवर्तन चाहेका हुन् कि चर्चामात्र गरेका हुन् । राजधानीका जनता असफल पार्टीकै पछि पछि छन् कि स्वनिर्णय पनि गर्न सक्षम छन् । यसपटकको निर्वाचनबाट यसको पनि छिनोफानो हुने छ ।
यद्यपि विवेकशील साझा पार्टीले देशका अन्य स्थानहरुमा पनि आफ्ना उमेदवारहरु तय गरिरहेको छ । चर्चामा रहेको विवेकशील पार्टी स्वतन्त्रहरुको आकर्षणको केन्द्र त बनेको छ, यतिले मात्र चुनावी महाभारतमा विवेकशीलाई नदीपार गराउन सक्नेछैन, हेरौं के के हुनेछ ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper