banner
banner

मन्त्रिपरिषद विस्तार देश झुक्यो कि नेता

राष्ट्रपति बाध्य कि राष्ट्र ? प्रश्न राजनीतिक र कूटनीतिक बृत्तमा अहिले पनि व्यापक चर्चामा रहेको छ ।
काठमाडौं । मन्त्रिमण्डल बिस्तार भयो, राप्रपाका ८ जना बिनाविभागीय उपप्रधानसहितका मन्त्री बने । सपथ ख्वाउने कि नख्वाउने, आचारसंहिता लगाउने कि नलगाउने भनेर निर्वाचन आयोग, राष्ट्रपतिसहित राजनीतिभित्रका शक्तिद्वय केपी ओली र प्रचण्ड सलबलाए । राष्ट्रपतिका अन्य मुख र निर्वाचन आयोगका आफ्नै मुखबाट बिरोध सुरु भयो, सपथ नख्वाउने अडानमा थिइन् राष्ट्रपति ।
राष्ट्रपति परामर्शमै थिइन्, निर्वाचन आयोग प्रचण्डको कडा निर्देशनमै अडिग थियो तर निर्वाचन आयोगले आचारसंहितामा अड्न सकेन, सपथ गराउन सुझाव दियो र राष्ट्रपतिको बोल्ड निर्णय आउन आउन लाग्दा ब्याक भइन् । अँध्यारो भयो र शनिवारको साँझ सपथग्रहण कार्यक्रम सम्पन्न भयो ।
यो घटनाक्रमका मुख्य खेलाडी थिए भारतीय राजदूत मञ्जिवसिंह पुरी । उनले भनेपछि कर्कलो गलेझैं गले अयोधीप्रसाद यादवदेखि सबै स्टेकहोल्डरहरु । अरुको कल डिटेल हेर्न मिल्छ भने निर्वाचन आयोग र कसकसलाई फोन गयो, हेरेर सूसूचित गराउने ढाडमा हाड छ कसैको ? छ भने नेपाली राजनीतिको टाउको के हो, पुच्छर के हो ? आन्द्राभुँडी छताछुल्ल हुनसक्छ ।
तमासा सबैले हेरे, यो घटनाक्रमले नेता झुके कि देश झुक्यो ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper