banner
banner

महालेखाले डामेको ह्वेलमाछा छटपटीमा

काठमाडौं । बल्ल ह्वेलमाछा जालमा परेको छ । राजनीतिक दबाब र कानुनी दाउपेच नाघ्न सक्यो ठूला करदाता कार्यालयले भने यिनीहरुले थप ६ अर्व १५ करोड शेयरको लाभकर र जरिवाना बुझाउनु पर्नेछ । रात रहे अग्राख पलाउने यो मुलुकमा नक्कली भ्याटमा समेत कारवाही हुनसकेन, यिनीद्वयबाट लाभकर उठ्ला र ?
हालैमात्र एनसेलका तत्कालीन साझेदार निरज गोविन्द श्रेष्ठको ११ अर्वको कर निर्धारण गरेर ठूला करदाता कार्यालयले फेरि लाभकरको हंगामा निकालिदिएको छ ।
निरजगोविन्दले २० प्रतिशत शेयर ११ अर्व ५७ करोडमा सतिसलाल आचार्यकी श्रीमती भावना सिंह श्रेष्ठलाई बेचेका थिए । ८० प्रतिशत विक्री मूल्य न्यून देखिएको भन्दै्र महालेखा परीक्षकको रिपोर्टमा विक्री मूल्य ३६ अर्व १९ करोड ५३ लाख देखिने हुन आउँछ भन्दै प्रश्न उठाएपछिको छानबिनमा लाभकरको यो बक्यौता देखिएको हो । महालेखाको रिपोर्टले बाँकी ६ अर्व १५ करोड थप अशूल गर्न निर्देशन दिएको छ । ठूला करदाता कार्यालयले त्यही आधारमा १८ महिनाको ब्याज एवं ५० प्रतिशत जरिवाना जोडेर श्रेष्ठका नाममा करिब ११ अर्ब रुपैयाँ कर निर्धारण गरेको छ । अहिलेसम्म यिनले तिर्नुपर्ने बक्यौता कर तिरेका छैनन् । यिनीहरु केही घूसघास दिएर उम्कनका लागि कानुनी अथवा राजनीतिक हतियार प्रयोग गर्न दौडधुपमा लागेका छन् । दलाल नेताहरु यिनलाई बचाउन र राष्ट्र पुर्‍याउन कस्सिएर लागेको खबर छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper