banner
banner

बैद्य क्रान्तिकारीका नेता बन्ने

काठमाडौं । उछिट्टिएका विप्लव नेकपा माओवादी चलाइरहेका छन्, बाबुराम नयाँशक्ति नेपाल फालेर प्रचण्डसँगै टाँस्सिन पुगे । ड्यास माओवादी भनेर चिनिने मोहन वैद्य किरण के गर्दै होलान् ?
प्रचण्डभन्दा बैद्य के कम ? उनले माओवादी सम्मेलनबाटै क्रानितकारी माओवादी एकता गर्ने प्रयासमा जुटेको खबर छ । पोखरा सम्मेलनबाट क्रान्तिकारी माओवादीहरुवीचको एकतामा जोड दिएको छ । होला त ? क्रान्तिकारी माओवादी एकता ? धेरैले जिज्ञासा प्रकट गरेका छन् ।
पोखरा सम्मेलनमा वाम गठबन्धनको नाममा दक्षिणपन्थी र लोकतान्त्रिक गठबन्धनको नाममा प्रतिक्रियावादी गठबन्धन भएकाले उनीहरुलाई चुनौति दिन क्रान्तिकारी माओवादीहरुको गठबन्धन गर्नुपर्नेमा जोड दिदै बैद्यले यो सम्भव छ भनेर आशा जगाउने प्रयास गरेका छन् ।
अध्यक्ष मोहन वैद्य करणले दुबै गठवन्धन दक्षिणपन्थी र प्रतिक्रियावादी गठबन्धन हो भन्दै त्यसलाई परास्त पार्न क्रान्तिकारी माओवादीको एकता जरुरी भएको बताए । अव ढिला गर्नुहुन्न भनेपछि नेकपा विप्लवका प्रतिनिधि हेमन्तप्रकाश ओलीले विश्वलाई एउटै नजरले हेर्ने क्रान्तिकारीहरुबीच एकता गर्नु अहिलेको आवश्यक्ता भएको बताए । उनले एकता जतिसक्दो चाँडो गर्नुपर्नेमा जोड दिएपछि विप्लव र वैद्य फेरि एक हुने सम्भाबना बढेको विश्लेषण सुरु भएको छ । विप्लवपक्षबाट जनयुद्धले मात्र पुगेन, साइबर युद्ध पनि छेड्नुपर्ने प्रस्ताव गरेका छन् ।
चर्चित जनयुद्धकारी तर लामो समयदेखि वैद्यसँग लागेर छायाँमा परेका सीपी गजुरेलले अव तेश्रो गठबन्धन बन्छ, सबैभन्दा प्रभावकारी बन्छ र क्रान्तिकारीहरुको बन्छ भनेर सबैलाई उत्साहित पारेका थिए । वाम एकता र लोकतान्त्रिक गठबन्धन प्रतिक्रान्तितिर लागेको उनको निष्कर्ष थियो । उनले अव क्रान्तिकारीहरुको तेश्रो ध्रुविकृत शक्ति बन्छ र बैकल्पिक शक्ति बनेरै छाड्ने उद्घोष पनि गरेका छन् ।
तर यतिखेर वैद्य माओवादी लामो जनयुद्धबाट थाकेर थकाइमारिरहेको र उसले ठूलो आन्दोलन अथवा ध्रुविकृत माओवादी क्रान्तिकारी शक्ति बनाइहाल्छ भन्ने विषयमा कसैले पनि विश्वास गरिरहेका छैनन् । नेपालको राजनीति एमाले, माओवादी र कांग्रेसको वरिपरि फनफनी घुमिरहेको छ र त्यही नै मूलधारको राजनीति देखिन्छ । अव ठूलो शक्ति बन्नका लागि विप्लव र बैद्यले कुन चमत्कारिक पासा जनताका नजरमा फाल्छन् र जनता आकर्षित होलान्, त्यो भने समयले बताउला ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper