banner
banner

जनता र एनसीसी बैंक डुब्नेभो

वाशुदेव वाग्ले -
जनता वैंकका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेले दोश्रो बजारबाट सेयर खरिद गरेको विषयमा उजुरी परेपछि र पक्का प्रमाण फेला पारेपछि के गर्ने भनेर राष्ट्र बैंकका सञ्चालकहरु निर्णय गर्न सकिरहेका छैनन् । आचारसंहिताको विषयमा जति सम्झाए पनि बैंक अधिकारीहरुले नटेरेपछि लगाम कस्नैपर्ने प्रस्ताव राष्ट्र बैंकको सञ्चालक समितिमा आएको छ । तैपनि राजनीतिक दवावका कारण निर्णय गर्न नसकेको राष्ट्र बैंक आफै फितलो देखिन थालेको छ ।
यसैवीच मर्जरपछि एनसीसी बैंक डुब्ने हालतमा पुगेको छ । एनसीसीले एपेक्स वैंक मर्जरमा ल्याएको हो । कांग्रेसको व्यापक दबाबका कारण बढी मूल्य चुकाएर एपेक्सलाई मर्जर त गरियो तर एनसीसी बैंक डुब्ने आधारसहितको रिपोर्ट राष्ट्र बैंकमा पुगेपछि यस विषयमा पनि राष्ट्र बैंकले निर्णय गर्न सकेको छैन ।
गभर्नर घुम्न र भत्तातिरमात्र ध्यान दिने र डेपुटी गभर्नर शिवराज श्रेष्ठ आफ्नो लाभ नहुने विषयमा भाँजो हालेर भाँड्ने प्रवृत्ति भएकाले त्यमसा माओवादी निकटका सञ्चालक रामजी रेग्मी र शिवराजको राम्रै जोडी मिलेको छ । यो जोडीले बैंकहरु जेसुकै गरे पनि छुट दिने र निरीक्षणमा समेत प्रभाव पार्न थालेपछि बैंकहरु अराजक हुन र आर्थिक अपचलनतिर लागेको विज्ञहरुले दावी गरेका छन् । केन्द्रीय बैंक नै फितलो भएपछि निजी बैंकहरु फितलो हुनेनै भए ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper