banner
banner

सुपुर प्रधानमन्त्री आरजु

काठमाडौं । अर्थदेखि भौतिक योजनासम्म, सञ्चारदेखि रक्षासम्मका ठूला निर्णयहरुमा मन्त्रीको होइन, प्रधानमन्त्रीको पनि होइन, छायाँ सुपर प्रधानमन्त्री, सुपर मन्त्री आरजु राणा देउवाको फर्मानले काम गर्ने गरेको चर्चा छ । केही मन्त्रीहरुले आफूले मन्त्री भएर पनि निर्णय गर्न नपाएकोमा गुनासो गरेपछि यस्तो खुलासा भएको हो । यहाँसम्म कि दूरसञ्चारको ३३ अर्वको पोरजी पोलमा समेत आरजुकै निर्णय सदर भएको छ ।
पहिले उच्चस्तरीय संयन्त्र भन्ने अवैधानिक संयन्त्र बनाएर सरकार माथिको अंग बनाइन्थ्यो, अहिले त्यस्तो संयन्त्र त छैन तर प्रधानमन्त्री पत्नीले मन्त्रीहरुले गर्ने निर्णयहरुमा दबाब दिने र प्रभावमा निर्णय गराउने गरेकी छिन् ।
यस्तो आरोप सार्वजनिक भइसकेपछि पनि प्रधानमन्त्री देउवाले कुनै टिप्पणी गरेका छैनन् र धमाधम मन्त्री बढाएर सबैको वाहवाही समर्थन लिइरहेका छन् । यस्तो क्रियाकलापलाई प्रतिपक्षी एमालेले आलोचना त गरेको छ तर बहुमत भएका प्रम देउवा एमालेको आलोचना एउटा कानले सुनेर अर्को कानले उडाइरहेका देखिन्छन् । यद्यपि संविधानले समेत २५ जनाको मन्त्रिमण्डलको परिकल्पना गरेको भए पनि यो कसैले मानेनन् । देउवाले मात्र किन मान्नुपर्‍यो र ?
त्यसै पनि तिहारको टीकाको भोलिपल्टैदेखि सांसद भूतपूर्व हुन्छन् र सरकार पनि कामचलाउमा रुपान्तरण हुनेछ । यो अवस्थामा किन धेरैभन्दा धेरै मन्त्री बनाएर स्वावासी नलिने र ? देउवा यही रणनीतिमा देखिन्छन् ताकि प्रदेश र केन्द्रको निर्वाचन र त्यसपछि बन्ने सरकारमा समेत आफ्नो हालीमुहाली कायमै रहोस् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper