banner
banner

फेरि जनसत्ताकै कुरो

पदम हमाल -
भदौ ३१ गते शनिवार रोल्पा पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि जनसत्ताकै कुरा उठाएका छन् । दुईपल्ट प्रधानमन्त्री भइसकेका प्रचण्डले लोकसत्ताको कुरा गर्न छाडेर जनसत्तको कुरा गर्नु अनौठो हो । जनसत्ताको कुरा नगरी माओवादी केन्द्रको भोटबैंक रक्षा र जनतालाई सन्तुष्टि नहुने रहेछ ।
प्रचण्डले सगौरव घोषणा गरिदिएका छन्– जनयुद्धका क्रममा चलाइएको जनसत्ताको अर्काे रुप नै अहिले स्थानीय सरकार भएको हो । अहिले हामीले जे पाएका छौं, हामीले सोचेको जनसत्ता यही हो । हो त नेपाली कांग्रेसका सभापति तथा देशका प्रजातान्त्रिक प्रधानमन्त्री देउवाजी, पद्धति ही हो ?
रोल्पाको थवाङबाट प्रचण्ड यसो भन्दै थिए, लोकसत्ताका मुखिया शेरबहादुर देउवा राजधानीमा संविधान कार्यान्वयनको चिन्ता गर्दैथिए । उता जनसत्ताको कुरो, यता संविधानको चिन्ता । आखिर चलेको पद्धति र तन्त्र चाहिं कुन हो ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper