banner
banner

बोधगया गएर के गर्नु, बोध नभएपछि

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा बोधगया पनि पुगे । जहाँ नेपालमा जन्मेका बुद्धले ज्ञान प्राप्त गरेका थिए । बोधगया जो पुग्छन्, तिनले ज्ञान आर्जन गर्न सक्ने भए हाम्रा प्रधानमन्त्री राजनेता बनेर आउनसक्थे वा राजनेतामा हुनुपर्ने उर्जा प्राप्त गरेर आउन सक्थे । देउवा भोगी हुन्, भोगीले बुद्ध हुनुपर्छ भन्ने होइन, बुद्ध हुनपथ्र्यो भन्ने पनि होइन । कम्तिमा देशको स्थिति, जनताको जीवनस्तर र देश र जनताका लागि एउटा प्रधानमन्त्रीले के गर्नुपछृ, के गर्नसक्छ भन्ने बोध गरेर आउन सकेको भए देउवा देशका गौरव र निधि बन्नसक्थे ।
प्रधानमन्त्री देउवा देउडा नाच्न सक्छन्, देउवाले देशका लागि सिन्को भाँच्न सकेनन् । जम्बो आकारको सरकार बनाएर सरकार टिकाउने गन्दा खेल नै खेल्नु थियो भने बोधगया किन गएका ह ? ७३ को उमेर वानप्रस्थको उमेर हो । यो उमेरमा पनि राजनीतिक दाउपेचमात्रै । यिनले बोधगयाबाट के बोध गरे होलान् र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper