banner
banner

प्रधानमन्त्रीलाई प्रधान प्रश्न

काठमाडौं । नेविसंघका पूर्वअध्यक्ष प्रदीप पौडेल जापानको नारिता एयरपोर्टमा पक्राउ परे, २४ घण्टा कव्जामा बसे र एयरपोर्टबाटै फर्काइए । यो मामिलामा प्रधानमन्त्री समेत सामेल भए र उनलाई जापान छिर्न दिन आग्रह गरे तर जापानी अध्यागमनले मानने ।
जापानस्थित नेपाली राजदूतको प्रयास पनि खेर गयो । नेपालस्थित जापानी राजदूतलाई गुहार लगाउँदा पनि केही भएन ? आखिर नेपालको यति ठूलो बेइजति 
किन  भयो ? यसका सम्बन्धमा जानकारहरु बताउँछन्– जापानस्थित कांग्रेसको जनसम्पर्क समितिले मान्छे निम्त्याउने र जापान छिराएर छाड्ने गरेको आशंकाको फेरोमा प्रदीप पौडेल पनि परेका हुन् । केही नेता बोलाएजस्तो गर्ने, यसैगरी केही व्यक्तिलाई बोलाउने र जापान छिराएर लाखौंलाख कमाइ गर्ने कांग्रेसी जनसम्पर्क समिति यो घटनाका लागि मुख्य दोषी हो ।
त्यसो त ठूला पार्टीले विदेश भासिएका नेपालीहरुलाई संगठित गर्ने, पार्टीको सदस्य बनाउने, आफै गएर प्रशिक्षण पनि दिने गरिरहेका छन् र बेला बेलामा मोटो रकम चन्दा असुल्छन् । यो काम ठिक कि बेठिक ?
नेपालमा पनि विदेशीहरु थुप्रै छन् । उनीहरु पनि नेपाल आउने, नेपालमा रहेका आफ्ना देशका नागरिकलाई संगठित गर्ने र प्रशिक्षण दिन थाले भने नेपालको हालत के होला ? राजनीतिक विश्लेषकहरु भन्छन्– नेपाली नेताहरु कामा होइन, नकाम र अराष्ट्रिय काम बढी गरिरहेका छन् ।
नेपालको राजनीति नेपालमा गर्ने हो, विदेश गएका नेपालीलाई विदेशमा पनि नारावाजी, तालावन्दी, गुट उपगुट खडा गराएर नेपाली पार्टीहरुले राजनीति गरिरहेका छन् कि ती मुलुकहरुको सद्भावना कमजोर पारिरहेका छन् ? नेपालको राजनीति नेपालमा गर्नुपर्छ, विदेशमा संगठन खोलेर नेपालको इज्जतलाई यसरी लिलाम गर्नु ठिक हो र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper