banner
banner

ट्वाइलेट पनि अरुले बनाइदिनुपर्ने ?

वाशुदेव वाग्ले -
त्रिभुवन अन्तर्रार्िष्ट्रय विमानास्थलको ट्वाइलेट अरुले बनाइदिनुपर्ने, ट्रलीसमेत अरुले दिनुपर्ने, योभन्दा बेइजति अरु के हुनसक्छ ?
हुन त तत्कालीन राष्ट्रपति डा.रामवरण यादवले जनकपुरमा चिहान बनाइदिन थाइलेण्डका राजदूतसँग गुहार गरेका थिए र राजदूतले थाइलेण्डका ठेकेदारहरुसँग पैसा उठाएको चर्चा निकै चलेको थियो । यद्यपि डा.रामवरण यादव जनकपुर कम र काठमाडौंमा बढी बस्छन् । यस्ता डाक्टर छन् नेपालमा ।
राजनीतिज्ञ, प्रशासक पनि उस्तै छन् । दिनुहँ माफिया र तस्करसँग साँठगाँठ गर्छन्, एयरपोर्टबाटै दिनहुँ करोडौं तस्करी पनि हुन्छ । केरुङबाट माएको ८८ किलो होस् कि यही एयरपोर्टबाट भित्रिएको साँढे ३३ किलो सुन होस्, त्यसको मालिक को हो, सरकारले बताउन चाहदैन । किनभने मिलोमतो जो छ ।
एयरपोर्टको ट्वाइलेटको गन्ध जापान पुगेछ, एनआरएनएले त्रिभुवन अन्तर्रार्िष्ट्रय विमानस्थलको भौतिक पूर्वाधार विकासमा सघाउने बचन भएको छ ।
अव सार्वजनिक शौचालयमा समेत एनआरएनएको चासो आयो । नेपाल सरकार, एयरपोर्टका पदाधिकारीहरु एउटा शौचालयसम्मको सोच राख्न सक्दैनन् ।
एनआरएनए जापानका लागि चुनिएका छन् टासीवादी लामा । उनले पहिलो घोषणा विमानास्थलको भौतिक पूर्वाधार विकासका लागि २५ थान शौचालय निर्माणमा सहयोग गर्ने घोषणा गरेका छन् । ती आधुनिक शौचालय संघको कार्यालयमा राखिएको र एक महिनाको अवधिमा काठमाडौस्थित विमानस्थल व्यवस्थापन समितिलाई हस्तान्तरण गरिने अध्यक्ष टासीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper