banner
banner

सुनको कचौरा बोकेर सधैं माँगेर नबसौं

– शेखर ढुंगेल – 
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यू तपाईले आफ्नै नेतृत्वमा निर्माण गरेको र आफूहरुकै माग पूरा भएको संविधान अस्वीकार गदैं अहिले प्रचण्डजीसँग टाढा भएर प्रत्यक्ष कार्यकारिणीको बहस चलाउादै हुनुहुन्छ ? के देशलाई प्रयोगशाला नै बनाएर तपाईं र यो पुस्ताका नेतृत्व वर्ग मर्ने हो ? के विश्वमै निर्विकल्प पद्धति हो प्रत्यक्ष निर्वार्िचत राष्ट्रपति वा कार्यकारिणी ? फेरि देशलाई अस्थिरतातर्फ धकेल्ने तपाईंहरु जस्ता बौद्धिक विचौलियाहरु 
(माफ माग्छु यो शब्दको लागि) कतिन्जेल आयातित पद्धतिलाई प्रयोग गर्नमा मात्र लाग्ने ? भएको वा उपलब्ध पद्धतिलाई स्थायित्व दिन भएका विकृति र विसंगति हटाइ सुदृढीकरण गर्दै अगाढि बढ्ने सोच र बुद्धि छैन ? राजनीति शास्त्रको यथार्थता के हो भने कुनै पनि पद्धती आफैंमा राम्रो र नराम्रो हुँदैन । त्यसका संचालकहरुमा नेतृत्व गर्ने योग्यता, क्षमता र कुशलता चाहिन्छ चेतना होस् । यो ७ दशकमा हामीले ४ वटा पद्धति परिवर्तन गरिसक्यौं । किन उपलब्धिको रक्षा हुन सकेन । किन भएका विकृतिलाई हटाउन सकेनौं?वेस्ट मिनिस्टर सिस्टम बहुदल किन असफल भयो ? वर्तमान पद्धति किन अस्वीकार्य ? डा. भट्टराई लगायतका कथित् विद्वानहरुले जवाफ दिनु पर्दैन ? विदेशीका दलाल र माफियाका खेतालाहरुले नेपाललाई स्थायित्व शान्ति र एकता हुन् नदिएर परजीवी बनाएर असफल राष्ट्र बनाउने भए भन्ने नागरिकहरुको चिन्ता वा आरोपलाई कसरी सम्बोधन गर्नुहुन्छ ? देशलाई कसरी आत्मनिर्भर बनाउने कसरी प्रत्येक नेपालीलाई शिक्षा र आत्मनिर्भरताको पहुँचमा पुर्याएर सन्तान सम्पति र बुद्धि पलायन हुन बाट रोक्ने ? यसको छलफल चलाउनु पर्दैन ? बौद्धिक बिचौलिया पीडित विश्वको एक मात्र देश नेपाल धेत्त् भन्ने आम नागरिकलाई के भन्न चाहनुहुन्छ ? डा. भट्टराईज्यू तपाईंलाई ऋषिकेश शाहदेखि प्रचण्डज्यू सम्मको सम्बन्धको घेरामा अनि समय समयका विरोधाभाषपूर्ण अभिव्यक्तिको तराजुमा राखेर हेर्ने हो भने न त तपाई सद्दाम बन्न सक्नु हन्छ न त लि क्वान, न त फिलिपिन्सका वर्तमान राष्ट्रपति रोड्रिगो वा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पजस्तो बन्न सक्नुहुन्छ । तर, पनि तपाइंमा कता कता निरंकुश तरिकाले काम गर्न पाउने हो भने केही गर्न सक्छु भन्ने मानसिकता छ । नेपालीहरुको मानसिकतालाई परिमार्जित गर्दै देशलाई सम्वृद्धि उन्मुख बनाउने हो भने सााच्चिकै इमान्दार राष्ट्रप्रेमी एक निरंकुश शासक  (नेतृत्व) अनिवार्य थियो जुन पंचायती व्यवस्थामा थियो, अहिले पनि छ । तर, के तपाईं त्यसको लागि योग्य वा सक्षम हुनुहुन्छ ? तपाइंले १० वर्षे नरसंहारपछिको उपलब्धिलाई रक्षा गर्नेभन्दा कमजोर वा मुल्यहीन वा अस्तित्वहीन पार्न प्रचण्डको साथ किन छोड्नु भयो ? प्रचण्डजी र तपाईंको विवाद वा विभेदको मुद्दा के हो ? तपाईले सोचेको जस्ता वा तपाईंलाई प्रयोग गर्ने अदृश्य शक्तिले भनेजस्तो प्रतक्ष निर्वा्चित राष्ट्रपति वा कार्यकारिणी भन्दा त पञ्चायती शैलीको राजतन्त्र ठिक होइन र ? तपाइंले कान्तिपुरमा लेख्नु भएको थियो जनयुद्धकालमा ‘राजसंस्थालाई विस्थापित गरेर पुनस्र्थापित गर्न सकिन्छ’ । अनेक बहानामा विभाजित वा अर्को शब्दमा ग्याङ्ग स्टार तन्त्रमा परिणत भएको देशलाई शान्ति एकता र आत्मनिर्भरताको पहुँचमा पुर्‍याउन एउटा ‘स्टेट म्यान’ को अनिवार्यता छ जुन वर्तमान राजनीतिक र प्रशासनिक संरचनाले दिन सक्दैन । 
आदरणीय डा. भट्टाराईज्यू मजस्ता सामान्य नागरिक जो ल्इच्:क् इा क्त्च्इल्न् ऋक्ष्ख्क्ष्ऋ क्भ्ल्क्भ् को मर्मलाई कार्यान्वयनको अभियानमा जुटेको छ सुशासनको स्थापना र भ्रष्टाचारमुक्त नेपालको अपेक्षामा रहेको छ मेरो दृष्टिमा तपाईं राजनैतिक रुपमा त्भ्क्त्भ्म् ब्ल्म् ाब्क्ष्ीभ्म् व्यक्तित्व हो । तसर्थ आउनुस् अब नरसंहारको प्रायश्चित्त गर्न‘स् र मानवकल्याणकारी काममा वााकी जीवन समर्पण गर्नुस् मनकामना र मानसरोवर पुग्दैमा पाप मोक्ष हुादैन जबसम्म दीर्घकालीनरूपमा यो समाजको सद्भावना एकता शान्ति र स्थायित्वको लागि तपाइंको कुनै भूमिका रहादैन । केही समयदेखि म तपाईंलाई नजिकबाट हेरी रहेछु लाग्छ तपाईं सुत्ने बेलामा विगतको स्मरणले छटपटी हुने गर्छ । त्यो रगतको भेल, त्यो मानव चित्कार, ती लासहरुका विभत्स दृश्यहरु झलझली तपाईंको दिमागमा आउने गर्छ कि गर्दैन ? हुन त तपाईं नोयडाको आलिसान अपार्टमेन्टमा भारतीय सुरक्षा निकायको विशेष पाहुनाको रुपमा सुविधा र सुरक्षामा हुनुहुन्थ्यो । त्यो कोलाहल अनि आँशु र चित्कार प्रत्यक्ष देख्ने सुन्ने अवसर तपाइंलाई भएन होला । जे होस् कवि कालीदास सही, सम्राट अशोक नै सही विगतका तिता र काला दिनलाई मानवीय कल्याणकारी काममा लागेर बाँकी जीवनले बिर्साउने काम गर्न सक्नुहुन्छ ? अवसर छ त्यही गर्नुस् ।
अन्तमा देश बनाउन सत्तामा नै जान पर्छ भन्ने छैन राजकीय पदविनाका महात्मा गान्धी वा अन्ना हजारेको स्थान कुनै भारतीय राष्ट्रपति वा प्रधानमन्त्रीभन्दा कम छ र ? आउनुस् भट्टराईज्यू माटो छोएर किरिया खाऊा यो देश बनाउने तर सत्तालाई होइन देश र नागरिकलाई शिरमा राखेर काम गरौं । सोच्नुस् वर्तमान राजनीतिक र प्रशासनिक संरचना के नेपालको आर्थिक हैसियतले धान्ने छ ? छैन, तसर्थ देशलाई असफल हुनबाट रोक्न शान्ति एकता र आत्मनिर्भरतामार्फत देशको स्वाधीन अस्तित्वको र स्वतन्त्रताको रक्षा गर्न वैदेशिक हस्तक्षेप रोक्न राजनैतिक अपराधीकरण रोक्न र सम्बृद्ध नेपाल बनाउन समाज परिवर्तनको लागि शान्तिपूर्ण आन्दोलनमा लागौं संविधान पुनर्लेखन गरौं । कठोर मितव्ययी आर्थिक नीति एवं विधान बनाएर कार्यान्वयन गर्न गराउन लागौं । ऋक्ष्ख्क्ष्ऋ क्भ्ल्क्भ् ब्ऋत् बनाएर विवेकशील र जिम्मेवार राज्य र नागरिक निर्माणको कार्य कार्यान्वयन गरौं र गराउँ ।
सुशासनको स्थापना र भ्रष्ट्राचारलाई न्युनिकरण गर्न गराउन लागौं । हामीले सोचेको स्वस्थ वातावरण उच्चविचारका नागरिक र समृद्ध नेपाल बनाउन क्ष्ल्न्इ मुक्त र जैविक (अर्गा्निक) उत्पादक देश नेपाल बनाउन लडौं तर सधैं देशलाई अस्थिरतातर्फ धकेल्ने दुर्नियत नगरौं । विश्वको १७ औं जेष्ठ देश नेपालको मौलिक विशेषताहरुको रक्षा गर्दै भएका विकृति र विसंगतिलाई हटाउँदै महामानव गौतम बुद्धको देश नेपाललाई सुन्दर शान्त विशाल बनाउँ । सुनको कचौरा बोकेर बाह्य बुद्धि, पद्धति र हस्तक्षेप मागेर नबसौं । यो देशले तपाईंको विद्यावारिधिको केही त सदुपयोग गर्न सकोस् । किन बौद्धिक बिचौलियाको उपनाम लिएर मर्न चाहनुहुन्छ ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper